मैले देखे भोगेको भुइँमान्छेको कथा

७ साउन ७७, बिहीबार

 

प्रकाश बन्जारा

Advertisement

केही ब्यक्तिहरु भन्छन् , यो संसार बलवानहरुको हो । पैसा र पहुँचभए कसैले सानो हुन पर्दैन ।तर यीदुबै नहुनेहरुको नि ? यहाँ स्थान छैन त ?कानुनले त सबैलाई समान देख्छ चाहे त्यो नेपालको कानुनहोस या त अन्तर्राष्ट्रिय । सानो , सामान्य तथा पहुँच नहुदा र आफ्नो आवाज नसुनिदा सधै भुइँमान्छे भएर बस्नु पर्ने रहेछ । आज केही आफैं पात्र बनेर भुइँमान्छेले भोगेका केही भोगाइलाइ यो लेख मार्फत राख्नचाहेको छु ।

एउटा सार्बजनिक कामको कुरा गरौँ । ठूला चिल्ला सडक , एउटा स्विच दबाएको भरमा बल्ने बत्ती , गर्मीमा पैसा तिर्नै परेपनि फनफनी घुमेर सितल बनाउने पंखा यिनै कुरा हेरेर मान्छे शहर पसे, अनि अचाक्ली शहरीकरण भयो देशमा । यस्तै विकास देखेर पहाडको उकाली, ओराली, डोको ,हलो ,कोदालो भुल्न शहर पसेको म र म जस्तै आममान्छेको सपना भनेको सुविधाजनक बस्ती , राम्रो बाटो, झ्यापझ्याप नजाने बिजुली , सके एक फोनको भरमा नत्र सहज रुपमा दैनिक उपभोग्य सामग्रीको उपलब्धता आदि आदि नै हुन् । शहर भनेर आफ्नो सिरिखुरी बेचेर मैले जम्मा जम्मी दश धुर जोडेको छु । त्यही दश धुरमा बनेको सानो बासस्थान । त्यो अबस्थामा म मात्र छैन मेरो छेउछाउका धेरैको अबस्था त्यही हो । पैसा नै ओछ्याउने हो भने जग्गा भरी डिङुर हुने थियो त्यही खर्च गर्दा बल्ल बल्ल झुपडी बन्छ शहरमा । शहरमा एउटा घर बन्ने पैसा गाउँमा हालेको भए आँखाले देख्न भ्याएसम्म चोर औंला देखाएर उ त्यो कुनादेखि पल्लो कुना सम्म मेरो हो भन्न पाइन्थ्यो यहाँ कपाल कोर्दा एउटा केस्रो हावाले उडाएर अर्काको तिर झर्यो भने छिमेकीको गालीखानु पर्छ । यतिका कुरा त्यागी सकेपछि त राम्रो बाटो त हिड्न पाउनु पर्याे नि !

Advertisement

मेरो घर सानो बस्तीमा भित्री बाटोमा पर्छ । हरेक बर्ष बर्षाको समयमा बाटो हिनिसक्नु हुँदैन । यसपाला घरैछेउमा निजी बिद्यालय बनेको छ ।विद्यालय बने पछि त राम्रो बाटो हिड्न पाइने भैइयो भन्ने आशा पलाएको थियो खै के ले हो त्यो आशामा तुसारापात गरिदियो ।

जेठ महिना लाग्दै गर्दा हाम्रो बाटोको समस्या बोकेर म लगायत ५/६जना गाउले वडा कार्यालय पुग्यौं । वडाअध्यक्ष झन्डै १ घन्टा पछि आउने रहेछन । हामी वडा अध्यक्षलाई नभेटी वडा सदस्यको निवासमै पुग्यौं । सुन्दा मिजासिला लाग्ने भरत नेपाल रामधुनी नगरपालिका वडा नम्बर ५ का वडा सदस्य रहेछन् । ‘सानो बाटो गाउँले मिलेर माटो हाल्नुहोस वडाको बाटोमा मिक्स गिट्टी हाल्ने कार्यक्रमको संयोजक आफैँ भएकोले म गिट्टी हाल्ने ब्यबस्था मिलाउँछु ’ वडा सदस्यको आश्वासन थियो। यति कामको लागि हामीले वडा कार्यलय जान आबश्यक नभएको पनि नेपालको भनाइ थियो। केही आशा बोकेर हामी फर्कियौँ।

बाटो नापजाँच गरियो शर्तअनुसार केही माटो पनि हाल्ने काम पनि भयो । फेरि एक पटक जनप्रतिनिधिलाई झकझकाउन हामी नेपालको घरमा पुग्यौं । यसपटक उनी पहिलाको जस्ता देखिएनन् । ‘ठीकै छ तपाईहरुले आफ्नो काम गर्नु भएछ म हेर्छु ।’ छोटो मीठो कुरो नेपालले टुङ्याए । बिद्यालय ब्याबसायको लागि भएकोले गिट्टी बिद्यालयलाई हाल्न लगाउने जस्तो कुरा पनि गर्न भ्याए । हुन त हामीलाई जसले लगाए पनि बाटोमा गिट्टी लगाउने हो मैले सपना देखे जस्तो चिल्लो नभएपनि हिड्न हुने बाटो चाहिएको हो तर, बिद्यालयले चाहिँकिन लगाउनु पर्ने नि ? बिकास र निर्माणको अभिभारा त सरकारको पो हो त ,कुरो प्रष्ट बुझिएन ।

असार लाग्दै गर्दा वडा कार्यालय नीर ठूलो मिक्स गिट्टीको थुप्रो बनाइएको रहेछ । गिट्टीबितरण गर्ने दिन हामी गाउले मिलेर गिट्टी थुपारेको ठाउमा गयौँ । त्यहाँ वडा अध्यक्ष डेगराज फुयाल आफैं बाँडफाडमा खटिएका रहेछन । हामीले हाम्रो बाटोको लागिगिट्टी छुट्टाउन आग्रह गर्याैँ । वडाअध्यक्षले हाम्रो कुरा सुनेनन् बरु हाम्रो बाटोमा गिट्टी हाल्ने योजना नै नरहेको र अहिले सम्म कसैले पनि हाम्रो बाटो बनाइदिनु पर्यो भनेर वडामा निवेदन पनि नदिएको र अनुरोध पनि नगरेको आरोप लगाए । त्यति मात्र कहाँ हो र तपाइलाइ असार लागेपछी मात्र वर्षा लाग्यो ? भनेर समेत भन्न भ्याए ।त्यसो भए हामी २ पटक सम्म सदस्यलाई भेट्न गएको चाहिँ के थियो त ?कि जनप्रतिनिधिबीचमा समन्वय नै छैन ? हामीलाई पहिले नै निवेदन दिन भनिएको भए त्यो पनि त गर्ने थियौं नि । त्यो दिन अरु सबै बाटोमा गिट्टी हाल्ने काम भयो । धेरै बाटोहरु हिंड्न मिल्ने गरि मर्मत गरिए । पहुँच हुनेका बाटाहरु चिल्ला भैसकेका छन। अरु नभएपनि ढल निकासको लागि नाला बनेका छन् तर हाम्रो बाटो आज पनि त्यस्तै छ जस्तो ५ बर्ष पहिले थियो। आज मेरो बाटोमा साइकल मोटरसाइकल चल्दैनन। गाडीको त कुरै छोडौ छिमेकीको सिटि सफारि दिनहुँ बोकेर लानु पर्छ ।हामीले भोट दिएका जनप्रतिनिधिहरु अजकल हाम्रो तिर आउदैनन्। अब त आएभने पनि अबदेखी नआउनु भन्न मात्र बाँकी छ ।बर्सेनि डुबान हुने क्षेत्रको पहिचान गरेर त्यो पानीलाई निकास गर्न कुनै पहल भएको देखिदैन । सुन्नलाई हाम्रै वडामा धेरै बिकास भयो भनेर लेखिएका समाचारहरु पनि हेर्न पाइएको थियो । आफू निर्वाचित भएको ३ बर्षमै आफ्नै भवन निर्माण गरेर कार्यसन्चालन गरेको वडाले हामी जस्ता भुइँमान्छेको कुरा कहिले सुन्ने हो ?

हाम्रो गाउँमा टोल बिकाश संस्था पनि छ अरे ।हरेक महिना हरेक टोलका सदस्य हरु १ सय रुपैयाँ जम्मा गर्न जान्छन् । त्यो पैसा संकलन गर्ने भन्दा अर्काे काम मैले टोल विकासले गरेको देखिन । हुन त टोल विकासले टोलको बिकास हेर्नु पर्ने हो हाम्रो समस्या वडा सम्म पुर्याउनु पर्ने हो । तर के गर्दैछन खै संस्थाको पारदर्शिता पनि त्यति देखिदैन । हुन त अरु टोल विकासका पदाधिकारी हिड्ने बाटो बनिसकेको छ अरु नभए पनि ढल निकासको नाली अरु सबै बाटोमा बनेका छन हाम्रो बाहेक । अनि पहुँच नभएका हामी भुइँमान्छे न पर्याैँ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top