वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु

८ साउन, पर्सा ।

नेपालमा थप एक जना कारोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जको गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

सास फेर्न गाह्रो भएपछि गत सोमबार उनलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद विरामी भएको भन्दै मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगिएकोमा उनको सोही दिन साँझ मृत्यु भएको थियो ।

Advertisement

उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top