एसिड प्रहारः पीडित कार्कीलाई हौसला दिन अस्पताल पुगिन् मुस्कान

९ साउन, काठमाडौं । बिहीबार साँझ एसिड प्रहारबाट पीडित पवित्रा कार्कीलाई हौसला दिन एसिड आक्रमणबाट पीडित मुस्कान खातुन शुक्रबार बिहान कीर्तिपुर अस्पताल पुगेकी छन् ।

घटना भएको थाहा पाएपछि आफ्ना बाबुलाई भनेर मुस्कान बिहानै पवित्रालाई भेट्न अस्पताल पुगेकी हुन् । अस्पताल पुगेर उपचार गराइरहेकी पवित्रालाई हिम्मत नहार्न र अपराधीलाई कारवाही हुने भन्दै हौसला नहार्न सुझाव दिएकी छन् ।

खातुनले घटनाका दोषी रौतहट लक्ष्मीपुर घर भइ काठमाडौं स्थित डल्लु बस्दै आएका मोहम्मद आलाम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई कडा कारवाही गर्नुपर्ने सरकार समक्ष माग राखेकी छन् ।

Advertisement

बिहीबार साँझ पौने आठ बजे नागार्जुन नगरपालिका(४ सृजनशील टोलमा ओखलढुङ्गाकी २२ वर्षे पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो। एसिड प्रहार गरिएकी पवित्राको गाला, हात र कपालमा एसिड परेको छ । उनलाई गम्भीर जलन नभएको जानकारी अस्पतालकी एक नर्सले दिइन् ।

हाल उनको शरीरमा एक प्रतिशत जलन भएको देखिएको छ बने खास कति जलन भयो भन्ने कुरा एकछिनमा उनलाई अपरेसन थिएटरमा लगेपछि थाहा हुने ती नर्सको भनाइ छ । अस्पतालले एसिड प्रहारबाट चलेको भाग सफामात्र गर्ने जनाएको छ । पवित्राको उपचारमा संलग्न चिकित्सक, डा. शंकरमान राईले आज उनको जलेको भाग सफामात्र गरिने र अपरेसन नगर्ने बताएका हुन् ।

Advertisement

घटना घट्ने बित्तिकै एसिड प्रहार गर्ने व्यक्तिहरूलाई पक्राउ गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अपराध महाशाखाको टोली खटिएको थियो। प्रहरीले सिसिटीभी फुटेजको आधारमा पहिचान गर्दै उनीहरूलाई पक्राउ गरेका हो।

केटीले अर्को केटा मन पराएको रिसमा मोहम्मद आलामले आफ्नो कारखानमा कार्यरत मुन्ना मोहम्मदलाई शौचालय सफा गर्न प्रयोग हुने एसिड प्रहार गर्न लगाएको खुलेको छ । एसिडले मुन्नाको हात समेत केही प्रतिशत जलेको छ ।

पवित्रालाई भेट्न अस्पताल पुगेकी मुस्कान खातुन स्वयं एसिड प्रहार घटनाकी पीडित हुन्। मुस्कानमाथि गत वर्ष भदौ २० गते बिहान ६ बजेको समयमा दुई किशोरले एसिड प्रहार गरेका थिए।

एसिड प्रहारबाट गम्भिर घाइते खातुनलाई त्यतिबेला देशभित्रबाट नभई थुप्रै बलिउड कलाकारले भिडिओमार्फत स्वास्थ्य लाभको कामना गर्दै हौसला प्रदान गरेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top