साउदीस्थित नेपाली दूतावासका कर्मचारी क्वारेन्टिनमा, काउन्टर सेवा स्थगित

साउदीस्थित नेपाली दूतावासका कर्मचारी क्वारेन्टिनमा, काउन्टर सेवा स्थगित

योगेन्द्र योगी
९ साउन, दोहा । कोरोना संक्रमणको असहज परिस्थितिका कारण साउदीस्थित नेपाली दूतावासका केही कर्मचारीहरु केहि दिन क्वारेन्टिनमा बस्नुपर्ने भएकाले काउन्टरबाट हुने सेवाहरु स्थगित गरिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार काउन्टरबाट प्रदान गरिने सेवाहरु जुलाई २३ मध्यान्नबाट लागू हुने गरी अगस्ट ४ सम्मका लागि स्थगित गरिएको जनाएको छ ।

यसैबीच ईद पर्वको लामो विदा समेत परेकोले नेपाली दूतावासले नेपाली कामदारहरुका सम्बन्धमा साउदी सरकारी कार्यालयबाट लिने सेवाहरु पनि बन्द हुने दूतावासले जनाएको छ ।

स्वदेश फिर्ती सम्बन्धी उडानहरूको तालिका प्राप्त हुनासाथ नेपाली दूतावासले आफ्नो फेसबुक पेजबाट सार्वजनिक गर्ने भएको हुँदा अब हुने उडानहरुको बारेमा टेलिफोनबाट सोधिरहनु नपर्ने समेत दूतावासले जनाएको छ ।

यस बीचमा कसैलाई अत्यावश्यक काम परी दूतावासमा सम्पर्क गर्नु परेमा दूतावासका हटलाइन ०५५९३८९६०० अर्को एक टेलिफोन नं ०५०००३४७८६ वा कामसँग सम्बन्धित कर्मचारीहरुको मोवाइलमा सम्पर्क गर्नुहुन अनुरोध छ । मोवाइल नम्वरहरु दूतावासको वेभसाइटमा रहेको जनाएको छ ।

यस्तै, साउदीमा कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ६० हजार ३९४ जना पुगेका छन् । उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख १३ हजार ४९० जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको सङ्ख्या २ हजार ६३५ जना पुगेको साउदीको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.