×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रतितोला १३ सयले बढेर सुनको मूल्यले बनायो फेरि नयाँ कीर्तिमान

९ श्रावण २०७७

९ साउन, काठमाडौं । सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा १३ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो अहिलेसम्मकै उच्च मूल्य हो । गएको बुधबारदेखि सुनको भाउले नयाँ रेकर्ड राख्दै आएको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement
Advertisement

सुन गएको बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । तोलामा १३ सय रुपैयाँ बढेको सुन हिजो ५ सय र आज १३ सय रुपैयाँ नै बढेको हो । यो हप्ता मात्रै सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँ महँगो भएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर आज तोलाको १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदी गएको बुधबार तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको थियो ।

Advertisement

चाँदी हिजो तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र खराब अवस्थामा गइरहेकाले लगानी सुरक्षित गर्नका लागि सुनचाँदीमा आकर्षित हुँदा भाउ महँगो भएको महासङ्घ अन्तर्गतको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिएका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top