पहिरोले पालुङ–नौबिसे सडकखण्ड अवरुद्ध, सयौँ सवारीसाधन रोकिए

८ साउन ७७, शुक्रबार

९ साउन, काठमाडौं । पालुङ–नौबिसे सडक खण्ड पहिरोले अवरुद्ध भएको छ ।

सो सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा विहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिएका छन्।

सडक अवरुद्ध भएपछि सयौँ सवारी साधनबीच बाटोमै रोकिएका छन ।

Advertisement

पृथ्वी राजमार्गको नौबिसे–मुग्लिनखण्ड र काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको भीमफेदी–फाखेलखण्डको सडक अवरुद्ध भएपछि सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालनमा रहेका थिए ।

अहिले सातघुम्तीको पहिरो हटाउने काम भइरहेको र दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुनसक्ने प्रहरीले जनाएको छ । (रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top