×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ओमानबाट बिदामा नेपाल आएकाहरु अब फर्कन पाउने, रातको समयमा ओमानमा लकडाउन गरिने

९ श्रावण २०७७

९ साउन, काठमाडौं । ओमानबाट बिदामा नेपाल आएर फर्कन नपाएकाहरु अब जान पाउने भएका छन् ।

ओमान सरकारको उच्चस्तरीय कमिटीले ओमानको भिसा तथा रेसिडेन्स कार्ड भएका र बिदामा नेपाल आएर कोरोनाको कारण फर्कन नपाएकाहरु अब फर्कन सक्ने निर्णय गरेको हो । फर्कनका लागि कम्पनी वा एअरलाइन्समार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ ।

Advertisement
Advertisement

त्यस्तै कोरोनाको कारण ६ महिनाभन्दा बढी नेपाल बसेकाहरु पनि ओमानको सम्बन्धित निकायको अनुमतिमा फर्कन सक्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । त्यसैले अहिले नेपालमा भएका र ओमान फर्कन चाहनेले आफ्नो कम्पनीमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

यस्तै, कोरोना सङ्क्रमण बढ्दै गएपछि ओमानले फेरि लकडाउन गर्ने भएको छ । भोलि शनिबार जुलाई २५ देखि अगष्ट ८ शनिबारसम्म प्रमुख प्रशासकीय क्षेत्रमा पूर्ण रुपमा लकडाउन हुने ओमान सरकारको उच्चस्तरीय कमिटीले निर्णय गरेको हो ।

लकडाउन अवधि बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्मका लागि तोकिएको छ । यो समयमा सम्पूर्ण प्रकारका आवतजावत तथा सार्वजनिक स्थलहरु बन्द रहने छन् ।

Advertisement

व्यवसायहरू पनि बन्द हुनेछन् भने दिउँसोको समयमा पनि अनुगमन तथा चेक केन्द्रहरु सक्रिय हुनेछन् । ओमानमा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन र ओमान सरकारले जारी गरेको नियम पालन गर्न दूतावासले अनुरोध गरेको छ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top