×

NEPAL TIMES UPDATES

Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026
Playing
कीर्तिपुरमा फ्लडलाइट डेब्यू, यूएईविरुद्ध नेपालको चुनौती|| Nepal Times
Apr 20, 2026
Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026

प्रधानमन्त्रीका कारण होइन पार्टीका कारण नक्सा जारी भयोः प्रचण्ड

९ श्रावण २०७७

९ साउन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपालको अद्यावधिक नक्सा जारी भएको विषयमा कुनै एक व्यक्तिलाई मात्रै जस दिनु न्याय संगत नभएको समेत बताए ।

पार्टीले निर्णय गरेर दबाव दिएका कारण प्रधानमन्त्री ओली बल्ल सहमत भएको उल्लेख गर्दै उनले मंसिरमा पार्टीको स्थायी समिति र माघका केन्द्रीय समितिबाट नक्सा जारी गर्नुपर्ने निर्णय गरेपनि सरकारले ‘नक्सा जारी गर्ने होइन भूमि फिर्ता गर्ने ठूलो कुरा हो’ भनेर भनेको स्मरण गरे ।

Advertisement
Advertisement

अन्तिम समयसम्म पनि नक्सा जारी गर्ने तयारी सरकारले नगरेपछि नीति कार्यक्रम सार्वजनिक हुने दिन बसेको सचिवालय बैठकमा नेताहरुले नक्सा जारी गर्नुपर्छ भनेपछि प्रधानमन्त्री तयार भएको बताए । प्रधानमन्त्री सहमत भएपछि सचिवालय बैठक चलिरहेकै बेला मुख्य सचिवलाई फोन गरेर नीति कार्यक्रममा त्यो विषय थप्न लगाएको उनले बताए ।

‘‘भारतले नक्सा जारी गरेपछि हामीले आफ्नो एक इन्च भूमि पनि छोड्न सक्दैनौ भन्ने उद्घोष सहित स्थायी समितिबाट तुरुन्तै नक्सा प्रकाशित गर्नुपर्छ भनेर निर्णय ग¥यौँ । सरकारलाई यो नक्सा प्रकाशित गर्न ढिलो गर्नु हुँदैन भनेर मंसिरर २९ बाट सुरु भएको स्थायी समितिबाट नक्सा निकाल्ने कुरा गरियो । तर सरकारले नक्सा निकाल्ने भन्दा भूमि नै फिर्ता गर्ने कुरा गरेको तपाईले सुन्नुभयो होला’’, दाहालले भने, ‘‘पहिले उनीहरुले नक्सा निकाले हामी पनि निकालौँ अनि भूमि फिर्ताको काम पनि हामीले गर्नै पर्छ भनेर माघमा बसेको केन्द्रीय समिति बैठकमा पनि नक्सा छिटो प्रकाशित गर्नुप¥यो भन्ने निर्णय भयो । तर अन्तिममा आउँदासम्म पनि सरकारले नक्सा प्रकाशनको तयारी गरेन । अन्तिममा नीति कार्यक्रम सम्बन्धि राष्ट्रपतिको सम्बोधन हुने दिन विहानै बसेको सचिवालय बैठकमा हामीले नक्सा प्रकाशित गर्ने कुरा नीति कार्यक्रममा पर्नै पर्यो भन्यौँ । अन्तिममा प्रधानमन्त्री पनि सहमत हुनुभयो र बैठकबाटै मुख्य सचिवलाई फोन गरेर त्यसमा थप्ने कुरा भयो ।’’

दाहालले पार्टीको निर्णयपछि बल्ल नक्सा जारी गर्न सरकार तयार भएको उल्लेख गर्दै भने, ‘‘पछि पार्टीको सामूहिक विवकेबाट भएको निर्णय पालन भएको कुरा व्यक्तिको खल्तिमा हाल्ने प्रयास भयो । यो प्रयास इमान्दार प्रयास हुन सक्दैन । त्यसले फेरी अर्को भ्रम पैदा हुन्छ । त्यो पार्टी जसले नक्सा प्रकाशित गर्नुपर्छ भनेर निर्णय गराए उनीहरु राष्ट्रघाती, दलाल जसले नक्सा प्रकाशन गर्न यति महिना ढिला ग¥यो उ चाँही देवत्वकरण भन्ने हुन सक्दैन् । हामी सबैले बुझ्ने कुरा यो हो । त्यसो भएन भने त्यो इमानदारीता र परदशीता हुँदैन ।’’

अध्यक्ष दाहालले पार्टीको विवेकले सत्ता सञ्चालन हुनुपर्नेमा त्यसो हुन नसकेको समेत बताए । सत्ताले पार्टीमाथि हैकम जमाउने अवस्था आएमा कम्युनिष्ट पार्टीको मान्यतावितपरित हुन आउने उनले बताए । कम्युनिष्ट पार्टीमा सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी लिएर हिड्नुपर्ने उनले बताए ।

Advertisement

उनले भने, ‘‘हामीले सामूहिक नेतृत्व विकास गर्न सक्यौँ की सकेनौँ भनेर हेर्ने हो, दुई वर्षसम्म केन्द्रीय कमिटीको बैठक बस्न सकिएन । जबकि ६/६ महिनामा केन्द्रीय कमिटी बैठक बस्ने विधानको व्यवस्था छ, हामी त्यहाँ चुक्यौं । समस्या आउँदा खुला छलफल नगरी निचोड निकाल्ने विधि बपनाएनौ त्यसले सरकार पार्टीको सम्बन्ध विग्रियो । कम्युनिष्ट विचार, माक्र्सवादअनुसार पार्टी भनेको विवेक र सरकार भनेको सत्ता हो । हामीले मान्ने के हो भने विवेकले सत्ताको नेतृत्व गर्नुपर्छ । त्यो भनेको पार्टीले सरकारको नेतृत्व गर्नुपर्छ भनेकै हो । सत्ताले पार्टीमाथि हैकम जमाउने स्थिति भयो भने वैज्ञानिक मान्यताभन्दा बाहिरको कुरा हुन्छ । २ वर्ष हे¥यौं भने विवेकले सत्तामाथि होइन कतै सत्ता विवेकमाथि हावी हुने हो कि ? समूहको अधिनस्त व्यक्ति हुने ठाउँमा कतै व्यक्तिको अधिनस्त समूह भएर जाने खतरा पो पैदा भएको हो कि भन्ने तपाईंहरूले विचार गर्नु भएकै होला ?’’

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top