कुवेतस्थित नेपाली दूतावासले भन्याे- बढी मूल्यमा टिकट किनबेच भए कारबाही गर्छाैँ

९ साउन ७७, शनिबार

योगेन्द्र योगी
१० साउन,दोहा ।

Advertisement

कोरोनाका कारण रोजगार गुमाएका वा अलपत्र परेका नेपालीहरूलाई चार्टर्ड विमान मार्फत स्वदेश फिर्ती गराइरहेको बेला कुवेतदेखि काठमाडौँसम्मको चर्को भाडादरमा हवाई टिकट किनबेच भएको तथा बढी भाडा लिएको गुनासो आउन थालेपछि कारवाही गर्ने चेतावनी दिएको छ ।

कुवेतस्थित नेपाली दूतावासले केही ट्राभल एजेन्सी कंपनीहरूले उडान कंपनी, उडान मिति र समयबारे कुनै सुनिश्चित जानकारी नै नगराई मनोमानी रूपमा तोकेको भन्दा बढी मूल्यमा हवाई टिकट बेचिरहेको गुनासो आउन थालेको जनाएको छ ।

Advertisement

नेपाल सरकारले कुवेत-काठमाडौं सेक्टरको चार्टर्ड उडानबाट यात्रा गर्ने यात्रुहरूका लागि प्रति व्यक्ति हवाई भाडादर अमेरिकी डलर ४१० (सम्पूर्ण करहरू सहित) तोकेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि पुनः अनुरोध गरिएको दूतावासले जनाएको छ ।

तोकिएको भन्दा बढि हवाई भाडा असुल नगर्न नगराउन सम्बन्धित सबैलाई सूचित गरिएको जानकारी गराउँदै कुवेतमा रहेका नेपालीले पनि सम्बन्धित एयरलाइन्सहरूका आधिकारिक बिक्रेताबाट नेपाल सरकारबाट निर्धारित भाडा दरमा मात्रै टिकट खरिद गर्न दूतावासले अनुरोध गरेको छ ।

Advertisement

यदि कसैले अनाधिकृत तवरबाट तोकिएभन्दा बढी रकममा हवाई टिकट किनबेच गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top