Nepal Times
Nepal Times
3
Shares

नयाँ लाइसेन्स लिँदा चालकले यस्तो क्लास लिनुपर्ने

नयाँ लाइसेन्स लिँदा चालकले यस्तो क्लास लिनुपर्ने

काठमाडौं –नयाँ सवारी चालक अनुमति पत्र लिने व्यक्तिलाई सरकारले अनिवार्य रुपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने नियम लागू गर्ने भएको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ ।

सवारी दूर्घटना न्यूनीकरण गर्न र चालकलाई सवारी चलाउँदा जिम्मेवारीवोध गराउने उदेश्यको साथ लाइसेन्स वितरण गर्ने क्रममा अनिवार्यरुपमा कक्षा सञ्चालन गर्ने भएको हो ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लिने व्यक्तिले लिखित र ट्रायल पास गरेपछि लाइसेन्स लिने क्रममा आधा घण्टादेखि एक घण्टाको ट्राफिक जनचेतनासम्बन्धी कक्षा लिने गृहकार्य कगाडि बढाएको छ ।

लाइसेन्स लिइसकेपछि जिम्मेवारीवोध गराउन र सम्भावित सवारी दुर्घटनाबाट जोगाउने उदेश्यका साथ आगामी बर्ष २०७५/०७६ बाट चालकहरुले कक्षा लिनुपर्ने प्रावधान लागू गर्ने गृहकार्य शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.