प्रदेश १ प्रहरी कार्यालयका थप १९ प्रहरीलाई कोरोना संक्रमण

११ साउन, विराटनगर ।
प्रदेश १ प्रहरी कार्यालयमा १९ जना प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार प्रदेश १ मा ३१ जनालाई कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएकोमा प्रदेश प्रहरी कार्यालयका कार्यरत एक महिलासहित १९ जनामा कोरोना संक्रमण देखिएको हो ।

सङ्क्रमित प्रहरीलाई पीयू कोभिड आइसोलेसन अस्पताल गोठगाउँ उपचारका लागि भर्ना गरिएको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलले जानकारी दिए ।

यसअघि सङ्क्रमण पुष्टि भएका पाँच जनाको सम्पर्क पहिचानसँगै १४६ जनाको स्वाब नमूना सङ्कलन गरिएको थियो । सङ्कलन गरिएका स्वाब परीक्षणकै क्रममा रहेका छन् ।

Advertisement

आइतबार मोरङमा २२ र इलाममा ९ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जानकारी दिइएको छ । मोरङमा विराटनगरका तीन महिनासहित २२ जना रहेका छन् । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ९२२ पुगेको छ ।

प्रदेश १ मा आइतबार १२ जना डिस्चार्ज भएका छन् । यो सँगै प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या ७४७ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top