×

NEPAL TIMES UPDATES

Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026

नीजि क्षेत्रको भ्रष्टाचार हेर्न पाउनुपर्ने अख्तियारको माग

११ श्रावण २०७७

११ साउन, काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनताको प्रत्यक्ष सरोकार हुने नीजि क्षेत्रको भ्रष्टाचार हेर्न पाउनुपर्ने बताएको छ । सबै नीति क्षेत्रको नभएर जनताको प्रत्यक्ष सरोकार रहने क्षेत्रमा हुने भ्रष्टाचारको विषय आयोगले हेर्न पाउनुपर्ने आयोगका पदाधिकारीहरुको भनाई छ ।

आइतबार संसदीय समितिमा भएको छलफलमा आयोगका सचिव सुरेश अधिकारीले जनताको लगानी र सरोकार हुने बैंक तथा वित्तिय संस्थाहरुको भ्रष्टाचार अख्तियारले हेर्न पाउनुपर्ने बताए । उनले भने, ‘‘नीजि तथा सहकारी क्षेत्रको भ्रष्टाचारको विषय आयोगले हेर्न पाउनुपर्छ । संसदमा विचाराधिन विधेयकमा पनि यो कुरा छ । सबै नीजि क्षेत्रको भनिएको पनि छैन । बैंक वित्तिय संस्था जहाँ जनताको लगानी हुन्छ । जुन बैंक तथा वित्तिय संस्थाहरु धरापमा जाँदा जनतालाई घाटा हुन्छ वा जनताको सरोकारको विषय हुन्छ । कुनै व्यक्तिगत कम्पनीमा भनिएको होइन ।’’

Advertisement
Advertisement

आयोगको वार्षिक प्रतिवेदनमाथिको छलफलमा सांसदहरुले राजनीतिक दलहरुबाट पदाधिकारी नियुक्त हुने परिपाटीले भ्रष्टाचार बढेको बताएका छन् । सांसद विजय सुब्बाले राजनीतिक दलका नेताहरुको दबाब र पदाधिकारी नियुक्तमा दलिय भागवण्डा हुने परिपाटी बन्द भए भ्रष्टाचार कम हुने बताउनुभयो । विशेषज्ञ आवश्यक पर्ने ठाउँमा पार्टीको कार्यकर्ता भर्ना गर्ने हो र भन्दै उनले प्रश्न गरे ।

सांसद जनार्दन शर्माले शक्तिको केन्द्र रहने ठाउँमा नै बढी भ्रष्टाचार हुने गरेको बताए । गरिब निमुखाहरुले भ्रष्टाचार गर्न नसक्ने उल्लेख गर्दै उहाँले शक्तिको केन्द्रमा रहेकाहरुले नै भ्रष्टाचार गर्ने गरेको बताए । शर्माले राजनीतिक क्षेत्र भ्रष्टाचारको केन्द्र रहेको बताए । उनले भने, ‘‘भ्रष्टाचारका केन्द्र शक्तिका केन्द्र नै हुन् । जहाँ पावर छ त्यो भ्रष्टाचारको केन्द्र हो भन्ने मेरो ठम्याई छ । गरिब, लुते, निमुखाले गर्न सक्दैन भ्रष्टाचार पावर वालाले गर्ने हो । जहाँजहाँ छन राज्यका सबै पावर सेन्टरहरु हामीले हे¥यौं, शक्तिकेन्द्रहरु हे¥यौं पावरका विभिन्न क्षेत्रहरुमा विन्यास भएका शक्ति सन्तुलनका कुराहरु हामी हेर्छौं त्यहाँ हेरौं त्यहिं त्यहिं भ्रष्टाचार छ नाम किन लिनु प¥यो सम्बन्धित तहले म म गरे भइहाल्यो । मैले भनेको के हो भने राजनीतिक क्षेत्र नै भ्रष्टाचारको केन्द्र हो भनेर मैले भन्नुपर्छ इमान्दारीपूर्वक । मुख्यकुरा त्यो हो त्यसपछि अरु केन्द्रहरुपनि हुन् ।’’

सांसद पम्फा भुसालले ठूला परियोजनाहरुमा पहिले नै ठेक्का निश्चित गरेर हुने भ्रष्टाचारलाई अख्तियारले हेर्न सक्छ की सक्दैन भन्दै प्रश्न गरिन् ।

सांसद अमरेश कुमार सिंहले हरेक स्थानीय तहमा हुने भ्रष्टाचारलाई अख्तियारले हेर्न नसकेको बताए । ७ सय ५३ वटै स्थानीय तहका जनप्रनिधिहरुको २ वर्ष पहिले र अहिलेको सम्पत्ति हेर्दा नै भ्रष्टाचार कति भएको छ भन्ने कुरा थाहा हुने उनले बताए ।

सांसद यशोदा सुवेदीले नीतिगत रुपमा हुने भ्रष्टाचार नियन्त्रण गरेर जनतामाझ लग्ने सके मात्रै जनतालाई खवरदारी गर्न सक्ने स्थानमा ल्याउन सकिने बताए ।

सांसद प्रेम सुवालले प्रमुख आयुक्त देखि आयुक्तसम्म भागवण्डाबाट नियुक्त हुनेभएपछि कसलाई गुनासो गर्ने भन्दै प्रश्न गरे । आफैले नियुक्ति गरी हातखुट्टा बाँध्ने अनि अख्तियारले केही गरेन भनेर भन्ने ? भन्दै उनले प्रश्न गरे ।

Advertisement

आयोगको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा स्थानीय तहहरुमा सबैभन्दा बढी भ्रष्टाचारका उजुरी परेका छन् । स्थानीय तहमा २६ दशमलव ८७ प्रतिशत उजुरी परेका छन् । यस्तै शिक्षामा १६ दशमलव ९५, भूमि प्रशासनमा ८ दशमलव ३४, वन तथा वातावरणमा ४ दशमलव ६ स्वास्थ्य तथा जनसंख्यामा ३ दशमलव ९८ प्रतिशत उजुरी परेका छन् । यस्तै नक्कली शैक्षिक प्रमणपत्र ८ दशमलव ५३ र गैरकानूनी सम्पत्ति आर्जनतर्फ ७ दशमलव ६१ प्रतिशत उजुरी परेका छन् ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top