×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

अवैध रुपमा भित्रिएका भारतीयले कोरोना सङ्क्रमण बढाएको गुनासो

१२ श्रावण २०७७

वीरगञ्ज : अवैद्य तरिकाले नेपाल भित्रिरहेका भारतीय कामदारले बारा पर्सामा कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण फैलिएको गुनासो आउन थालेको छ ।

आवश्यक होशियारी र सुरक्षा मापदण्ड अपनाएर उद्योग, व्यवसाय गर्न दिने सरकारी निर्णयपश्चात् पर्सा–बारा औद्योगिक करिडोरमा रहेका उद्योगले भारतीय कामदार भित्र्याएका हुन् ।

Advertisement
Advertisement

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उद्योगहरुले भारतीय मजदुर अवैद्य रुपमा ल्याएर कोरोनाको सङ्क्रमण फैलाएको व्यापक जनगुनासो आएको स्पष्ट पारे । यही गुनासोका आधारमा ती उद्योगहरुको अनुगमन सुरु गरिएको पनि बस्नेतले बताए ।

उद्योग सञ्चालन गर्न सरकारले मापदण्ड तोकेको छ । कामदारको पीसीआर परीक्षणलाई अनिवार्य गरिएको छ । कामदारलाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गराउनुपर्ने र उद्योग परिसरभित्रै बस्ने व्यवस्था मिलाउनुपर्छ । तर यो मापदण्डलाई पर्सा–बारा औद्योगिक करिडोरका अधिकांश उद्योगले पालना नगरेको जनगुनासो छ ।

वीरगञ्ज भिस्वाका धिरज पासवनले भारतीय कामदार सहजै भित्रिइरहेका र उद्योगले कुनै होशियारी वा सुरक्षा मापदण्ड नअपनाई ती कामदारलाई काममा लगाएकाले समुदायमै सङ्क्रमण फैलिएको आरोप लगाए । भारतीय कामदारहरु टोलटोलमा देखिने गरेको स्थानीयले बताए ।

Advertisement
Advertisement

वीरगञ्ज र पर्सा –बारा औद्योगिक करिडोरमा रहेका ट्रक\बसको बडी बनाउने, टायर मर्मत गर्ने, सवारी साधनका मेसिनरी सामान बेच्ने र मर्मत गर्ने वर्कसपमा भारतीय कामदारहरु देखिने गरेका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top