×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

धरानको तरकारी बजारमा आगलागी, ५२ लाख बराबरको क्षति

१२ श्रावण २०७७

१२ साउन, धरान ।
सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित पालिका तरकारी बजारमा विद्युत् सर्ट भएर आगलागी भएको छ ।

आगलागीबाट ११ जनाको फलफूल तरकारी तथा कस्मेटिक पसल, किराना पसल, होटल, जल्दा झण्डै ५२ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले ११ जनाको पसल जलेर पूर्ण रुपमा नष्ट जानकारी दिए । बिहान साढे ४ बजेतिर रमा चौहान खतिवडाको कस्मेटिक पसलबाट विद्युत् सर्ट भई आगलागी सुरु भएको बताइएको छ ।

आगलागीबाट रमा चौहान खतिवडाको ९ लाख, कल्पना तामाङको १० लाख, ओसिन श्रेष्ठको ७ लाख, सविता खनाल लिम्बूको ६ लाख, ज्ञानकुमार श्रेष्ठको ७ लाख, अनिता आचार्जुको ७ लाख, निरा निरौलाको २ लाख, इन्दिरा श्रेष्ठको ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

पालिका तरकारी बजार क्षेत्रका सबै पसलेहरुले आइतबार बेलुका आठ बजे पसल बन्द गरी घर गएका थिए । टिनको छाना भए पनि बाँस, प्लास्टिक प्रयोग गरिएको छाप्री भएकाले सहजै आगलागी फैलिएको थियो ।

Advertisement
Advertisement

स्थानीय समुहदाय धरान उपमहानगरपालिकाको दमकल, नगर प्रहरी र जनपद प्रहरीलाई आगो नियन्त्रण गर्न करिब एक घण्टा लागेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top