पहिरोले सिद्धार्थ राजमार्गको सडक भासियो, यातायात अबरुद्ध

११ साउन ७७, सोमबार

१२ साउन, पाल्पा ।
तिनाउ–३, दोभान नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्गमा यातायात अवरुद्ध भएको छ ।

दोभान बजारदेखि ५ सय मिटर अगाडि नागमन्दिर नजिकै झण्डै ३ मिटर पक्की सडकको जग नै भासिने गरी पहिरो खसेको दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारुले बताए ।

 उनका अनुसार रातभरको वर्षाले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको ठाउँठाउँमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।  माथिल्लो सिद्धबाबा नजिकको खोल्सामा पनि माथिल्लो भागबाट ठूला ढुंगा खसेको छ । चिडियाखोलातर्फ र दोभानतर्फबाट सडक खुलाउने प्रयास भइरहेको उनले बताए ।

Advertisement

तिनाउ गाउँपालिका–३, झुम्सा पानीमिल, दोभानको नाग मन्दिर र माथिल्लो सिद्धबाबा नजिक पहिरो खसेको र पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । पहिरो पन्छाउने क्रम जारी रहे पनि वर्षा नरोकिएकाले समस्या भएको छ ।

सडकमा पहिरो खसेपछि पाल्पाबाट बुटवल साथै बुटवलबाट पाल्पा स्याङ्जा, गुल्मी, कास्की, बागलुङ, पर्वत र म्याग्दीतर्फ हिँडेबम सवारी साधनहरु बाटोमै रोकिएका छन् । सडक डिभिजनको समन्वयमा पहिरो खुलाउन प्रयास गरिएको प्रहरीले जनाएको छ ।

वर्षासँगै खसेको पहिरोले ग्रामीण सडकहरू पनि अवरूद्ध भएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top