कोरोना संक्रमितको मृत्युपछि जनकपुर प्रादेशिक अस्पतालको आईसीयू कक्ष सिल

११ साउन ७७, सोमबार

१२ साउन, धनुषा । धनुषामा कोरोना संक्रमित एक जनाको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरधामको आईसीयू कक्ष सिल गरिएको छ ।

कोरोना संक्रमण पुष्टि भएर गत साउन १० गतेदेखि प्रादेशिक अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका शहीदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय एक युवकको मृत्यु भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसी तत्काल प्रादेशिक अस्पतालको आईसीयू कक्ष ७ दिनका लागि सिल गर्ने निर्णय गरिएको हो।

युवकको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि आईसीयूमा राखी उपचार भइरहेकोमा त्यहाँ उनको उपचार सम्भव नभएपछि हिजो थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटो मै मृत्यु भएको थियो।

Advertisement

भर्ना भएकै दिन उनको साउन १० गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। उनको रिपोर्ट भने मृत्यु भएकै दिनमात्रै आएको थियो।

डा. सिंहका अनुसार भेन्टिलेटर अभावकै कारण उनको परिवारजनको सहमतिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ‘रिफर’ गरिएको थियो।

Advertisement

सिल अवधिभर आईसीयू कक्षमा रहेका ६ जना बिरामी, १५ जना स्वास्थ्यकर्मी सहितका कर्मचारी र ३र४ जना कुरुवा बाहिर निस्किन पाउने छैन भने बाहिरबाट पनि कोही भित्र जान पाउने छैनन्।

कोरोना पुष्टि भइसकेका मृतक युवकको सम्पर्कमा रहेका परिवारका ६ जना सदस्य, उपचारमा संलग्न चिकित्सक स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक सहितको कोरोना परीक्षण हुने बताइएको छ।

हाल मृतकका परिवारलाई जनकपुरधामस्थित गोपाल धर्मशाला क्वारेन्टाइनमा राखिएको छ। घटनापश्चात मृतकको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको जिम्मा दिइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top