उत्तर कोरिया गएका व्यक्तिमा कोरोना संक्रमण नभएको दक्षिण कोरियाको दाबी

११ साउन ७७, सोमबार

१२ साउन, काठमाडौं । उत्तर कोरियामा कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिमा पहिले कोरोना नभएको दक्षिण कोरियाले बताएको छ ।

कोरोनाको सङ‍्क्रमण आशङ्का गरिएका व्यक्ति तीन वर्षअघि दक्षिण कोरिया भागेको र गएको हप्ता मात्रै उत्तर कोरिया फर्किएका थिए । दक्षिण कोरियाका अनुसार ती व्यक्ति जल निकास पाइपमार्फत दक्षिणी द्वीप पुगेको र फेरि एक माइल पौडिएर उत्तर कोरिया पुगेका हुन् ।

गएको हप्ता उत्तर कोरियाले देशमा पहिला पटक कुनै व्यक्तिमा कोभिड–१९ सङ्क्रमणको आशङ्का गरिएको बताएको थियो । उत्तर कोरियाका अनुसार ती व्यक्ति उत्तर कोरियाका नागरिक हुन् र दक्षिण कोरियाबाट फर्किएका हुन् ।

Advertisement

तर दक्षिण कोरियाले भनेको छ ’न त ती व्यक्तिमा कोरोनाको सङ्क्रमण पाइएको थियो न त उनी कुनै व्यक्तिको सम्पर्कमा आएका थिए ।’ कथित ’भागेका’ व्यक्तिको सम्पर्कमा आएका दुई जनाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

चीनपछि सबैभन्दा पहिला दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप पुगेको थियो । तर उत्तर कोरियाले सुरुदेखि नै आफ्नो देशमा कोरोना नदेखिएको बताउँदै आएको छ तर विषेशज्ञहरुले भने यो असम्भव भएको मान्दै आएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top