ओलीले एकदलीय शासन चलाउने अभ्यास सुरु गरेकाे देउवाकाे अाराेप

ओलीले एकदलीय शासन चलाउने अभ्यास सुरु गरेकाे देउवाकाे अाराेप

विराटनगर ः नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले ओली ओली नेतृत्वको वर्तमान सरकारले नेपालमा एकदलीय शासन चलाउने अभ्यास सुरु गरेको आरोप लगाएका छन् ।

राष्ट्रियसभा गृहमा अाज आयोजित नेपाली कांग्रेसको काठमाण्डौ जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले फेरी एकपटक नेपालमा एकदलिय शासन चलाउने अभ्यासमा सरकार लागेको भन्दै यसकाे प्रतिकार गर्न कार्यकर्तालार्इ निर्देशन दिए।
स्वायक्त निकायका रुपमा रहेका सम्पत्ति सुद्धिकरण, गुप्तचर संयन्त्र लगायतलाई प्रधानमन्त्री केपी ओलीले आफू मातहत राखेको विषयप्रति अाैंल्याउँदै सभापति देउवाले सबै अधिकार आफुमा निहित गराई सरकारले अधिनायवादी शासन सुरु गर्ने संकेत दिएको दाबी गरे ।
सभापति देउवाले एक अर्कालाई आरोप प्रत्यारोप गर्ने क्रम छोडेर अधिनायवादी सरकार विरुद्ध एकजुट हुन सम्पुर्ण युवा शक्तिलाई आह्वान समेत गरे ।
सभापति देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने गरि संगठन सुदृढीकरणमा लाग्न युवा शक्तिलाई आह्वान गरे।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.