भक्तपुर, ८ वैशाख ः २०७५ साललाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै सफाइ अभियानलाई तीव्र पारिएको छ ।
अभियान अन्तर्गत सूर्यविनायक नगरपालिकाको नेतृत्वमा हनुमन्ते सफाइ अभियानको आज आठांै हप्ता मध्यपुरथिमिको लोकन्थली र ललितपुरको टीकाथलीको सिमानामा हनुमन्ते नदी सफाइ गरिएको हो ।
सफाइको अगुवाइ गर्दै कलाकार दिनेश डिसीले १०० हप्ताको हनुमन्ते सफाइ अभियानले सार्थकता पाउनुपर्ने बताउँदै नदीलाई सधँै सफा राख्न स्थानीयवासीले फोहर फाल्न रोक्नुपर्ने बताए ।
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले २०७५ साललाई हनुमन्ते सफाइ वर्षको रुपमा मनाउने घोषणा गरिएको बताउँदै अब जनता नदी सफा राख्न आफै जाग्नुपर्ने बताए।
गत फागुन १९ गतेदेखि हरेक साताको शनिबार हँुदै आएको हनुमन्ते सरसफाइ अभियानमा सूर्यविनायक नगरपालिका, मध्यपुर थिमि नगरपालिका, विभिन्न गैरसरकारी संघ संस्था, विद्यार्थी, स्थानीयवासी लगायत करीब ५०० जनाको सहभागिता रहेको थियो ।
आजको हनुमन्ते सफाइमा ११ टन फोहोर संकलन गरिएको अभियन्ता पुष्कर गजुरेलले जानकारी दिए । उनले अभियानमा उत्साहजनक रुपमा सहभागिता बढेको बताउँदै अहिलेसम्म १०१ टन फोहोर संकलन गरिसकेको जानकारी दिए ।
[addthis tool="addthis_inline_share_toolbox_jbtm"]