बैठक स्थगित भएपछि नेकपा नेताहरु पुगे बालुवाटार

१३ साउन ७७, मंगलबार

१३ साउन, काठमाडौं ।
स्थायी कमिटी बैठक अचानक स्थगित भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु बालुवाटार पुगेका छन्।

Advertisement

प्रधानमन्त्री एवम् सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बैठक अचानक स्थगित गरेपछि दाहाल–नेपाल समूहका नेताहरु झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहित स्थायी कमिटीका नेताहरु बालुवाटार पुगेका छन्।

अन्य स्थायी कमिटीका नेताहरु समेत बालुवाटार जाने क्रम चलिरहेको छ। महासचिब बिष्णुप्रसाद पौडेल पनि बालुवाटारको बैठक हलमा छिरेका छन्। ११ बजे बोलाइएको स्थायी कमिटी बैठक आधा घण्टा अगाडि अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

Advertisement

नेताहरु बालुवाटार तर्फ प्रस्थान गरिसकेका बेला बैठक एकतर्फी स्थगित गरिएपछि दाहाल–नेपाल समूहका नेताहरु बालुवाटार पुगेका छन्। गएको ६ साउनमा एक साताका लागि स्थायी कमिटी स्थगित भएको थियो।

तर, यो अवधिमा दुई अध्यक्ष बीच समेत एक पटक मात्रै सम्वाद हुन सक्यो। आजको बैठक अगाडि छलफलका लागि भनेर ओलीलाई दाहाललाई नौ बजे बोलाएका थिए। तर, दाहाल नआएपछि ओलीले एक्लौटी रुपमा बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन्।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top