पोखरा विश्वविद्यालयमा २४ घण्टाभित्र पदाधिकारी नियुक्त गर्न नेविसंघको शिक्षामन्त्रीलाई अल्टिमेटम

पोखरा विश्वविद्यालयमा २४ घण्टाभित्र पदाधिकारी नियुक्त गर्न नेविसंघको शिक्षामन्त्रीलाई अल्टिमेटम

१३ साउन, पोखरा । पोखरा विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रारलगायत पदाधिकारी नियुक्तिको माग राखेर अनशन बसेपनि वेवास्ता गरिएको विरोधमा नेविसंघले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।

मंगलबार नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीको नेतृत्वमा रहेका नेविसंघले प्रदर्शन गरेका हुन्। उनीहरूले पोखरा विश्वविद्यालयमा तत्काल पदाधिकारी नियुक्ति गर्न माग गरेका थिए।

‘पोखरा विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न पटकपटक माग गरिसकेका छौं। साथीहरू अनशनमा पनि हुनुहुन्छ। तर शिक्षा मन्त्रीले कुनै चासो राख्नुभएको छैन,’ त्रिपाठीले भने, ‘२४ घण्टाभित्र पदाधिकारी नियुक्त गर्न अल्टिमेटम दिन्छौं।’

एनसिटिआई इकाइले गरेको प्रदर्शनमा नेविसंघले शिक्षा मन्त्रीलाई तत्काल पदाधिकारी नियुक्ति गर्न माग गरेका हुन्।

प्रदर्शनमा सहभागी नेविसंघ नेता मनिष सिंखडाले दिएको जानकारीअनुसार शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई यसबारे पटकपटक ध्यानाकर्षण गरे पनि वेवास्ता गर्दै आएकोले समस्या निम्तेको हो ।

पोखरा विश्वविद्यालयका नेविसंघ एक सातादेखि अनशनमा छन् । उक्त रिले अनशनप्रति नेविसंघ केन्द्रीय समितिले ऐक्यवद्धता जनाएको छ ।

नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाले विश्वविद्यालयका समस्या तत्काल सम्बोधन गर्न शिक्षा मन्त्रीलाई आग्रह गरेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.