×

NEPAL TIMES UPDATES

Playing
यात्रुले जब गुडिरहेको विमानको ढोका खोले || Nepal Times
May 03, 2026
Playing
बिचल्लीमा परेका सबैलाई सरकारले बोलायो, सबैको जिम्मा लिने || Nepal Times
May 03, 2026
Playing
कुन–कुन मन्त्रालय हुँदैछन् मर्ज ? मन्त्रालय घटाउने तयारी कहाँ पुग्यो ?|| Nepal Times
May 03, 2026
Playing
सुशीला कार्कीले नियुक्त गरेकाहरुको पनि गयो जागिर || Nepal Times
May 03, 2026
Playing
इरानी सुपरट्यांकरले छल्यो अमेरिकी नाकाबन्दी, चीनले प्रतिबन्ध नमान्ने|| Nepal Times
May 03, 2026
Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026

अस्ट्रेलियाको डढेलोमा तीन अर्ब जीवजन्तु प्रभावितः अध्ययन

१३ श्रावण २०७७

१३ साउन, सिड्नी।

अस्ट्रेलियाको आधुनिक इतिहासमै सबैभन्दा भयानक मानिएको गत वर्षको जङ्गल डढेलोमा परेर झण्डै तीन अर्ब जीवजन्तु मारिएका वा विस्थापित भएका एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाका धेरैवटा विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पारेको उक्त प्रतिवेदनमा डढेलोका कारण १४ करोड ३० लाख स्तनपायी, दुई अर्ब ४६ करोड सरीसृप, १८ करोड चराचुरुङ्गी र पाँच करोड १० लाख भ्यागुता प्रभावित भएका उल्लेख छ ।

Advertisement
Advertisement

डढेलोका कारण कति जीवजन्तु मरेका थिए भन्ने प्रतिवेदनमा यकिन नगरिए पनि अधिकांश यी जीवजन्तु आगो छलेर अन्यत्र जानै नसक्ने अवस्था देखिएको बताइएको छ । प्रतिवेदन लेखकमध्येका एक क्रिस डिकम्यानले आगोबाट जोगिन अन्यत्र गए पनि यी जनावरका लागि उपयुक्त आहारा, बस्ने ठाउँ र अन्य जनावरको आक्रमणबाट जोगिने अवस्था नदेखिएको बताए ।

सन् २०१९ को अन्त्य तथा सन् २०२० को शुरुआती महिनामा अस्ट्रेलियाका जङ्गलहरूमा लामो सुख्खाका कारण भिषण आगलागी भएको थियो । आगलागीबाट करिब एक लाख १५ हजार वर्ग किलोमिटरको वनक्षेत्र ध्वस्त भएको थियो । डढेलोका कारण ३० जनाभन्दा बढी व्यक्तिको ज्यान जानुका साथै जङ्गल आसपासका हजारौँ घर डढेका थिए ।

अस्ट्रेलियाको आधुनिक इतिहासमै यति लामो र व्यापक डढेलो पहिलो पटक देखिएको थियो । वैज्ञानिकहरूले जलवायू परिवर्तनको असरका कारण सुख्खा र डढेलोको समस्या देखिएको बताउँदै आएका छन् । जनवरीमा सार्वजनिक गरिएको अर्को एक अध्ययनमा सर्वाधिक प्रभाव परेका पूर्वी राज्यहरू न्यू साउथ वेल्स र भिक्टोरियामा एक अर्ब हाराहारीमा जीवजन्तु मरेको उल्लेख थियो । तर मङ्गलबार सार्वजनिक सर्भे प्रतिवेदनमा सिङ्गो अस्ट्रेलिया महादेशको अवस्था विश्लेषण गरिएको सिड्नी विश्वविद्यालयका मुख्य वैज्ञानिक लिली भान एडेनले बताए।

सर्भेका नतिजाहरूलाई अझै पनि विश्लेषण गर्नेक्रम जारी छ । प्रतिवेदनको अन्तिम नतिजा अर्को महिनाको अन्त्यतिर सार्वजनिक गर्ने योजना रहेको छ । तर मृत्यु भएका जीवजन्तुको संख्या फेरबदल नहुने अध्ययन टोलीले जनाएको छ । प्रतिवेदन तयारीको जिम्मेवारी लिएको वल्र्ड वाइड फन्डका अस्ट्रेलियाली शाखाका प्मुख डर्मोट ओ–गोर्मानले प्रतिवेदनका प्रारम्भिक नतिजाहरू निकै डरलाग्दो रहेको बताए। “यसलाई अस्ट्रेलियाको आधुनिक इतिहासमा सर्वाधिक खराब विपदको रुपमा लिन सकिन्छ ।” अस्ट्रेलियामा निकै लोकप्रिय कोआलाको विभत्स अवस्थाले अन्तर्राष्ट्रिय सञ्चार माध्यमको समेत ध्यानाकर्षण भएको थियो ।

Advertisement

रुखका पातपतिङ्गर खाएर जीवन निर्वाह गर्ने हजारौँ कोआला डढेलोमा परेर मरेका थिए । तर सरकारले यसै वर्षको शुरुमा सार्वजनिक गरेको प्रतिवेदनले १०० अरु रैथाने प्रजातिका जीवजन्तुका आधाभन्दा बढी वासस्थान समाप्त भउको औंल्याएको थियो । यस प्रतिवेदनले डढेकाका कारण भएको क्षति अरु डरलाग्दो रहेको जनाएको छ । वैज्ञानिकहरूका भनाईमा विश्वव्यापी तापक्रम वृद्धिले अस्ट्रेलियाको बर्खायाम लम्बिँदैगएको छ र यो हरेक वर्ष अझ डरलाग्दो बन्दैगएको छ । छोटो अवधिको हिउँदयाममा हुने डढेलो नियन्त्रणमा अझ बढी कठिनाई हुन्छ । मङ्गलबार सार्वजनिक प्रतिवेदन सिड्नी विश्वविद्यालय, न्यू साउथ वेल्स विश्वविद्यालय, न्यूक्यासल विश्वविद्यालय, चाल्र्स स्टर्ट विश्वविद्यालय र बर्डलाइफ अस्ट्रेलियाद्वारा संयुक्त रुपमा तयार पारिएको हो ।रासस / एएफपी

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top