दिनभरका प्रमुख खबर

NepalTimes Samachar

आजका प्रमुख खबरहरुः

१.(भयको भवसागर)
बुधबार नेपालमा कोरोनाका २ सय १० जना थपिएसंगै संक्रमितको संख्या १९ हजार २ सय ७३ पुग्यो /आजै १ सय ४६ जना डिस्चार्ज भएसंगै हालसम्म १४ हजार २१ जना संक्रमित निको भए ।

२.(ताजा तथ्य)
बुधबारसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण /देशभर ५ हजार २ सय ३ जना आइसोलेसनमा १४ हजार ४ सय ७१ जना विभिन्न क्वारेन्टिनमा ।

३.(जोखिममय महानगर)
विराटनगरमा ४ जनासहित प्रदेश १ मा आज ९ जना कोरोना संक्रमित थपिए /संक्रमितको संख्या ९ सय ७५ पुग्यो / प्रदेश १ मा आज सम्म ४१ हजार ७ सय १० जनाको पीसीआर परीक्षण ।

४.(सूचना माग्दा थुनिए)
गृह मन्त्रालयमा सूचनाको हकको निवदेन दिन पुगेका पुकार बमलगायत ’इनफ इज इनफ’ अभियानका ५ जना प्रहरी नियन्त्रणमा गैरकानुनी तवरले पक्राउ गरिएको भन्दै पक्राउ पर्नेहरु त्यहीं अनसनमा ।

५.(शंकामा प्रहरी )
कमलादीबाट बरामद भएको साढे १४ किलो चाँदी र आधा किलो सुन सम्बन्धी प्रकरणको अनुसन्धान गर्ने जिम्मेवारी काठमाडौं प्रहरी परिसर टेकुबाट खोसियो थप अनुसन्धान गर्ने जिम्मेवारी महानगरीय अपराध अनुसन्धान महाशाखालाई ।

६.(महँगो लागुऔषध)
विराटनगर बरगाछी चोकबाट विश्वमै हानिकारक र महँगो मानिएको ५३० ग्राम ९३ मिलिग्राम लागुऔषध एन्फाटा माईनसहित सुन्दरहरैचाका व्यवसायी रामप्रसाद पोखरेल पक्राउ प्रतिग्राम ९ हजार ६ सय पर्नेलागुऔषध प्रदेश १ मा पहिलो पटक बरामद ।

७.(हाम्रो जमीनमा गईन्छ)
दार्चुलाको कालापानी, लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो भन्दै नेपालीको प्रवेश रोक्न पत्राचार गरेकोपछि नेपालले पनि जवाफी पत्र पठायो  भारतले दाबी गरेको क्षेत्र नेपालको भएकोले नेपालीलाई दुःख नदिन जिल्ला प्रशासन कार्यालय दार्चुलाको भारतलाई आग्रह ।

८.(प्रायश्चित न्यायोचित)
चितवनको चेपाङ समुदायका घर जलाएको र हात्ती लगाएर भत्काउन लगाएको प्रति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले माग्यो माफी वन्यजन्तु र मानिसबीचको द्वन्द्व समाधान गर्नका लागि बस्ती सार्ने क्रममा कमजोरी भएको उल्लेख ।

९.(निशानामा देउवा)
पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठीक नभएको कांग्रेसका नेता प्रकाशमान सिंहको टिप्पणी/पार्टी भित्रका पूराना नेताहरुलाई कारबाही गर्ने अन्यलाई प्रवेश गराउने खेलमा सभापति लागेको आरोप ।

१०.(अनुभवीको माग)
संघबाट दक्ष र क्षमतावान कर्मचारीहरु प्रदेशमा नपठाउने गरेको प्रदेश सरकारका कानूनमन्त्रीहरुको गुनासो / कर्मचारी संघमा राख्ने र अनुभव नभएका कर्मचारीहरुलाई प्रदेशमा पठाउने काम बन्द गर्न आग्रह ।

११.(माननीयहरुलाई काम)
राज्यव्यवस्था तथा सुशासन समितिद्वारा विभिन्न तीनवटा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन /उपसमितिले आयोगको वार्षिक प्रतिवेदन अध्ययन गरी १५ दिन भित्र समितिमा प्रतिवेदन पेश गर्नुपर्ने ।

१२.(श्रमिकलाई राहत)
रोजगारदाता र संयुक्त ट्रेड युनियनबीच लकडाउन अवधिमा श्रमिकहरुको तलब भुक्तानीका बारेमा सहमति/चैतको पुरै तलब, बैशाखको ५० प्रतिशत तथा जेठमा काममा उपस्थित हुन नसकेका श्रमिकलाई पनि ५० प्रतिशत भुक्तानी गर्ने सहमति ।

१३.(कारबाही कसलाई गर्ने ?)
मेलम्चीमा गम्भीर प्राविधिक त्रुटिका कारण दुर्घटना भएको खानेपानी मन्त्रालयद्वारा गठित छानबिन समितिको निष्कर्ष /पर्याप्त प्राविधिक आधार तयार नगरी डिजाइन र जडान गरेकाले सुरुङको ढोका खुलेर दुर्घटना भएकोले पुनरावलोकन गर्नुपर्ने सुझाव ।

१४.(एक लाख नजिक)
बुधबार सुनको भाउले बनायो फेरि नयाँ रेकर्ड /सुन प्रतितोला ३ सय रुपैयाँले बढेर आज ९८ हजार ५ सयमा कारोबार /चाँदी भने आज तोलामा २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ निर्धारण ।

र,

१५.(कोरोनाको आक्रमण)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ६ लाख ६४ हजार बढीको मृत्यु/१ करोड ६९ लाख बढी संक्रमित/१ करोड ४ लाख बढी संक्रमित उपचारपछि निको भए । भारतमा एकै दिन ४९ हजार संक्रमित थपिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top