ओमानले नेपालीसहित विदेशी नागरिकलाई प्रवेश अनुमति दिने

१४ साउन ७७, बिहीबार

योगेन्द्र योगी
१५ साउन, दोहा ।

ओमानको कोभिड-१९ सम्बन्धी सर्वोच्च समितिको २३ जुलाई २०२० को निर्णयानुसार ओमानमा कार्यरत रही बिदामा नेपाल गएका ओमानको रेसिडेन्स पर्मिट बाहक नेपाली नागरिक लगायत अन्य विदेशी नागरिकलाई ओमान फर्कन अनुमति दिने भएको छ ।

ओमानको परराष्ट्र मन्त्रालयको स्वीकृतीमा ओमान फर्कन दिने निर्णय भएको भन्दै नेपालमा रहेका तथा नेपालको श्रम विभागबाट जारी हुने श्रम स्वीकृतको म्याद भएको वा पुनः श्रम स्वीकृती लिएका नेपाली नागरिकहरुले ओमान फर्कन सक्ने ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

Advertisement

दूतावासका अनुसार आगामी दिनमा हुने उडानबाट ओमान फर्कन सहजीकरण गर्ने निर्णय भएकोले त्यसरी फर्कनुपर्ने नागरिकहरूको सूची नेपाली दूतावास ओमानले तयार गरिरहेको समेत जनाएको छ ।

हाल बिदामा नेपालमा रहेका मध्ये ओमान फर्कन इच्छुक नेपाली नागरिकहरूलाई दूतावासका द्वितीय सचिव सोमेश थापालाई सम्पर्क गरी आफ्नो विवरण टिपाउन दूतावासले अनुरोध छ।

Advertisement

ओमान सरकारको यो निर्णयसंगै विभिन्न समयमा ओमानबाट बिदामा नेपाली गएका नेपाली श्रमिकलाई ठूलो राहत मिल्ने दूतावासले जनाएको छ । ओमानमा विभिन्न क्षेत्रमा गरी करिव २० हजार नेपाली श्रमिक कार्यरत रहेको पाइन्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top