मोरङबाट लागुऔषधसहित दुई जना पक्राउ

मोरङबाट लागुऔषधसहित दुई जना पक्राउ

१५ साउन, मोरङ । मोरङको रतुवामाई नगरपालिका-२ बाट लागुऔषध ट्याब्टेल सहित २ जना पक्राउ परेका छन् ।

सिमा प्रहरी चौकी डोरीयाबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो साँढे ४ बजे उर्लावारी नगरपालिका-५ का २२ बर्षीय बिबश तामाङ र २१ बर्षीय सुरज बि.क.लाई लागुऔषध ट्याब्टेल सहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट नाईट्रोभेट ट्याब्लेट ८ पत्ता र क्ए ट्याब्लेट ३ पत्ता बरामद भएको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.