आज पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना

१४ साउन ७७, बिहीबार

१५ साउन, काठमाडौं 
आज पनि देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहीबार बिहान जारी गरेको ‘मौसम पूर्वानुमान बुलेटिन’अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा प्रदेश ५ र सुदूरपश्चिमका थोरै स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

यसैगरी प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती, गण्डकी र प्रदेश १ का एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

Advertisement

बिहीबार बिहान ६ बजे महाशाखाले २४ घण्टे चेतावनी जारी गर्दै वर्षा हुने स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top