×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026
Playing
१५ सय ९४ राजनीतिक नियुक्ति एकै पटक खारेज || Nepal Times
May 03, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
May 02, 2026

आन्तरिक उडानका लागि निगमसँग दुई ट्वीनअटर जहाज मात्रै

१५ श्रावण २०७७

१५ साउन, काठमाडौं ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा रहेका ६ चिनियाँ जहाजको व्यावसायिक उडान बन्द गरेको छ । चिनियाँ जहाज नउडाउने भएपछि अब निगमको आन्तरिक सेवामा दुई ट्वीनअटर मात्रै जहाज छन् । बन्दाबन्दीको चार महिनापछि शुरु हुन लागेको आन्तरिक उडानमा निजी क्षेत्रका वायुसेवा प्रदायक कम्पनीले उडान तयारी तीव्र पारिरहँदा निगमसँग भने आन्तरिक उडानका लागि जहाजै अभाव भएको हो ।

Advertisement
Advertisement

निगमसँग अहिले भएका १७ देखि १९ सिट क्षमताका दुई जहाजले दुर्गम भेगमा सेवा दिने जनाइएको छ । जहाज अभावले तत्कालै टङ्क रुटमा उडान सञ्चालन गर्न नसकिने निगमका प्रवक्ता अर्चना खड्काले बताइन् । निजी क्षेत्रका हवाई कम्पनीसँग प्रतिस्पर्धात्मक उडान गर्नुपर्ने बाध्यता रहेकाले निगमले चाँडोभन्दा चाँडो जहाज खरिद गर्नुपर्ने बाध्यता रहेको निगमले जनाएको छ । निगमले देशका २६ विमानस्थलमा उडान गर्दै आएको छ ।

चिनियाँ जहाजबाट व्यावसायिक लाभ लिन नसकेपछि निगमले आन्तरिक उडानका चीनबाट ल्याइएका छ जहाजको उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो । निगम सञ्चालक समितिको गत असार १६ गतेको बैठकले चिनियाँ जहाज विस्थापन गरी नयाँ जहाज खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

निगमलाई चीन सरकारको सहयोगमा प्राप्त भएका दुई (एमए–६० र वाई–१२ ई) तथा सहुलियतपूर्ण कर्जाअन्तर्गत नेपाल सरकारले खरिद गरी निगमलाई उपलब्ध गराएका चार (एक एमए–६) र तीन वाई–१२० जहाज गरी छ जहाज निगमसँग रहेका थिए । चिनियाँ जहाजको बीमा रकम अन्य जहाजको भन्दा करिब ३५ प्रतिशतले बढिरहेको तथा जहाज चलाउने पाइलट उपलब्ध नहुने भएकाले आफैं उत्पादन गर्नुपर्ने हुँदा हाल सञ्चालनमा रहेका एयरबस–३२० को भन्दा महङ्गो पर्ने भएपछि निगमले चिनियाँ जहाज नचलाउने निर्णय गरेको हो ।

एकातर्फ आन्तरिक उडानमार्फत दुर्गम भेगमा सेवा पु¥याउनुपर्ने निगमको सामाजिक दायित्व छ भने अर्कोतर्फ अन्तर्राष्ट्रिय उडानका लागि सामान दुई एयरबस ए– ३२० र ३३० जहाज खरिद गर्दा कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोषबाट लिएको ऋण तिर्न पनि नसक्ने अवस्थामा पुग्नु निगमका लागि चुनौती थपिएको छ ।

सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णयसँगै निजी हवाई सेवा प्रदायक कम्पनीले स्वास्थ्य प्रोटोकल पालना गर्दै उडानको तयारी तीव्र पारेका छन् । यद्यपि राष्ट्रिय ध्वजावाहक निगमसँग आन्तरिक उडानका लागि एउटा पनि जहाज नहुनु विडम्बनाको विषय हो ।

आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयरसँग ११ एटिआरसहित १३ र यती एयरलाइन्ससँग पाँच एटिआरसहित १० जहाज छन् । श्री एयरलाइन्ससँग पनि ठूलो क्षमताका छ जहाज छन् । सौर्य, सीतालगायत एयरलाइन्ससँग पनि जहाज प्रशस्तै छन् । राष्ट्रिय ध्वजावाहकले आन्तरिक उडानका हवाई कम्पनीसँग प्रतिस्पर्धात्मक व्यापार गर्नुपर्ने दायित्व चुनौतीपूर्ण छ ।

चिनियाँ जहाजका स्पेयर पार्ट्ससमेत समान क्षमताका अन्य जहाजभन्दा करिब ७५ प्रतिशत महङ्गो रहेको, स्टल रुटमा प्रस्तावित जहाजमा २५ प्रतिशतदेखि ६७ प्रतिशतसम्म पेलोड रेष्ट्रिक्सन रहेको, जहाजका पाइलटको खर्च समान जहाजको तुलनामा चार गुणा बढी हुन आएकाले निगमले वित्तीय भार बेहोर्दै आएको जनाएको छ ।

त्यस्तै एमए–६० जहाजको सिमुलेटर तालिम खर्च अन्य जहाजको भन्दा ७८ प्रतिशत बढी रहेको, इन्धन खर्च अन्य जहाजको भन्दा दोब्बर भएकाले निगमलाई व्यावसायिक लाभभन्दा पनि आर्थिक बोझ थुप्रिएको निगमले उल्लेख गरेको छ ।

निगमका अनुसार छ जहाजबाट आव २०७१/७२ देखि आव २०७५/७६ सम्म पाँच आर्थिक वर्षमा रु एक अर्ब ९० करोड नोक्सान भएको छ । यस हिसाबले यी जहाजबाट प्रतिवर्ष रु ३८ करोड नोक्सानी भएको निगमले जनाएको छ । महालेखा परीक्षकको प्रतिवेदन २०७४/७५ मा दुई आर्थिक वर्षमा मात्रै रु ९१ करोड ४५ लाख ६५ हजार खुद नोक्सानी बेहोर्नुपरेकाले मुनाफामा सञ्चालन गर्ने ठोस कार्ययोजना बनाउनुपर्ने उल्लेख गरेको थियो ।

निगमले चिनियाँ जहाज विस्थापन गर्दा अवरुद्ध हुने आन्तरिक उडानलाई सञ्चालन गर्न एकीकृत आन्तरिक व्यावसायिक योजनाको प्रतिवेदन तयार गरी लागू गर्ने निर्णय गरेको छ । कोभिड–१९ का कारण निगमको मूल आम्दानीको स्रोतका रूपमा रहेको ग्राउण्ड ह्याण्डलिङ सेवाबाट हुने आय करिब ९० प्रतिशतले घटेको र आन्तरिक उडानसमेत बन्द गर्नुपरेको अवस्थामा निगमलाई जोगाइराख्न खर्च कटौतीमा हरसम्भव प्रयास गर्नुपरेको जनाइएको छ ।

आर्थिक अवस्था सुधार गरी नयाँ जहाज खरिदलगायतमा दरिलो उपस्थिति जनाउन निगम सञ्चालक समिति बैठकले अधिकृत पूँजी रु ५० अर्ब पु¥याउने निर्णय गरेको छ । ऋणात्मक अवस्थामा सामाजिक उत्तरदायित्वसमेत वहन गर्नुपर्ने बाध्यतामा रहेको निगमसँग अहिले करिब रु ३४ करोडमात्रै अधिकृत पूँजी छ ।

Advertisement

निगमले बोर्डको उक्त निर्णयलाई तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालय र कानून मन्त्रालयको राय सुझाव लिएर मन्त्रिपरिषद्मा लैजानेछ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि यसलाई राजपत्रमा प्रकाशित गर्ने प्रावधान रहेको छ । निगमसँग अन्तरराष्ट्रिय उडानमा दुई वाइडबडी ए–३३० र न्यारोबडी ए–३२० जहाज छन् । निगमले भारतका तीनसहित नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।रासस

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top