×

NEPAL TIMES UPDATES

Playing
किन छानबिन भएन ज्ञानेन्द्र शाहको सम्पत्ति? || Nepal Times
May 15, 2026
Playing
गौरवका आयोजनाको बेहालः २७ आयोजनामा ५ खर्ब खर्च,३ वटा सम्पन्न || Nepal Times
May 15, 2026
Playing
नेपालको गुप्तचरीको इतिहास,सधै नेताको भकुण्डो, बालेनले के गर्लान् ?|| Nepal Times
May 15, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-01-2083 || Nepal Times
May 15, 2026
Playing
बेइजिङबाट के लिएर फर्किए ट्रम्प ?इरान,ताइवानदेखि व्यापारसम्म|| Nepal Times
May 15, 2026
Playing
कोशीमा फेरि मुख्यमन्त्री फेरिने खेल,एमालेका हातमा लड्डु, कांग्रेसभित्र तगारो || Nepal Times
May 15, 2026
Playing
संविधान संशोधनको बहस जेनजीले बहिष्कार गरेपछि बोल्यो सरकार || Nepal Times
May 15, 2026
Playing
यस वर्षको मनसुनमा कुन–कुन जिल्ला हुनेछन् प्रभावित ?|| Nepal Times
May 15, 2026
Playing
बालेनको ’सुपर प्राइममिनिस्टर’ अवतार || Nepal Times
May 15, 2026
Playing
World News: राष्ट्रपतिको अफेयरले थप्पड! इरान र यूएईका मन्त्रीको झगडा|| Nepal Times
May 15, 2026

निर्मला बलात्कार र हत्या प्रकरण: एसपी विष्टसहित आठैजना प्रहरीलाई सफाइ

१५ श्रावण २०७७

१५ साउन, कञ्चनपुर ।
कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा यातना र प्रमाण नष्टको आरोप लागेका तत्कालिन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित प्रहरी अधिकारीहरुलाई अदालतले सफाइ दिएको छ । बिहीबार जिल्ला अदालत कञ्चनपुरले तत्कालीन एसपी विष्टसहित आठैजना प्रहरी अधिकारीहरुलाई सफाइ दिएको हो ।

विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले उनीहरुलाई निर्दोश ठर्हयाएको हो । खडक विष्ट वादी रहेको यातना कसुरमा तत्कालीन एसपी दिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी तथा प्रहरी निरिक्षक एकेन्द्र खड्काले सफाई पाएका छन् ।

Advertisement
Advertisement

निर्मलाकी आमा दुर्गादेवी पन्त वादी रहेको सार्वजनिक न्यायविरुद्धको कसुरमा यी चारसहित प्रहरी निरिक्षक जगदीशप्रसाद भट्ट, सईद्वय रामसिंह धामी र हरिसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदले सफाई पाएको जिल्ला अदालतका श्रेष्तेदार यदुराज शर्माले बताए ।

प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिप विष्टका दाई खडक विष्टले यतनासम्बन्धी र निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको भन्दै सार्वजनिक न्यायविरुद्धको कसुरमा जिल्ला अदालतमा जाहेरी दिएकी थिइन् ।

Advertisement
Advertisement

यसअघि जिल्ला अदालतले आठैजना प्रहरीलाई धरौटीमा छाडेको थियो । मुद्धा लागेपछि निलम्बित प्रहरीलाई काममा फर्किन बाटो खुलेको छ । तर एसपी विष्ट र इन्सपेक्टर जगदिश भट्ट भने भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top