कतारबाट २० औँ उडानमार्फत १५० जना नेपाली स्वदेश फर्किए

१६ साउन ७७, शनिबार

योगेन्द्र योगी
१७ साउन, दोहा ।

कोरोना भाइरस लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट आज १५० जना नेपाली स्वदेश फर्किए छन् ।

दोहाबाट काठमाडौँको लागि उडेको हिमालय एयरलाइन्सको एच ९५६३२ जहाजमा ८ महिलासहित १५० जना नेपाली रहेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

Advertisement

स्वदेश फर्कन लागेकालाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई, एनआरएनए कतारका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

आज साँझ नेपाल एयरलाइन्सले अर्को उडान गर्दै छ भने बांँकी उडान अगष्ट ३ र ४ मा गर्ने भएको छ । यस्तै हिमालय एयरलाइन्सले पनि अगष्ट ३, अगष्ट ५ का लागि थप गर्ने दूतावासले जनाएको छ ।

Advertisement

दूतावासले सार्वजनिक गरेको नामावलीमा नाम आएकाहरुलाई टिकट खरिद गरी तयारी अवस्थामा बस्न पनि अनुरोध गरेको छ । कतारबाट झन्डै १२ हजारले स्वदेश फर्किन आफ्नो नाम टिपाए पनि यसअघि विभिन्न चरणमा गरि ३ हजार ३ सय १७ जना मात्र स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top