विश्वमा एकै दिन थपिए २ लाख ८९ हजार संक्रमित

१८ साउन, विराटनगर ।
शनिबार एकैदिनमा विश्वमा २ लाख ८९ हजार ३२१ कोरोना संंक्रमित थपिएका छन् ।

Advertisement

यो अघिल्लो दिनको तुलनामा केही कम हो । शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै २ लाख ९२ हजार ५२७ कोरोना संक्रमित थपिएका थिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ८८ हजार बढिको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या १ करोड ८० लाख नाघेको छ । अमेरिकामा सबैभन्दा बढि ४७ लाख ६४ हजारभन्दा धेरै संक्रमित रहेका छन् । यहाँ १ लाख ५७ हजार बढिको कोरोनाका कारण मृत्यु भैसकेको छ ।

Advertisement

त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा २ लाख ७० हजारभन्दा धेरै संक्रमित रहेका छन् । यहाँ ९३ हजारको मृत्यु भएको छ । त्यसैगरी अति प्रभावित सूचीको तेस्रो स्थानमा रहेको भारतमा १७ लाख ५१ हजार संक्रमित छन् भने ३७ हजार बढिको ज्यान गएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top