मलेसियामा नेपाली सुरक्षागार्डमाथि निर्घात कुटपिट गर्ने प्रहरी नियन्त्रणमा

मलेसियामा नेपाली सुरक्षागार्डमाथि निर्घात कुटपिट गर्ने प्रहरी नियन्त्रणमा

१९ साउन, काठमाडौँ । मलेसियामा नेपाली सुरक्षागार्डलाई निर्घात कुटपिट गर्ने कपिलवस्तुका रामगोपाल मुराऊले सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले गत असार २३ गते क्वालालम्पुरस्थित एमथ्री मलमा ड्युटी गरिरहेका नवलपरासीका इस्लाम हुसेनमाथि कुटपिट गरेका थिए ।

नेपाली दूतावासले सोमबार क्वालालम्पुरको वाङसामाजुस्थित प्रहरी स्टेसनमा मराउविरुद्ध किटानी जाहेरी दिइएको थियो । किटानी जाहेरी दिएलगत्तै मराऊ दूतावास पुगेका थिए । दूतावासमा पीडित र पीडकबीच छलफल भएपछि मुराऊले प्रहरीसमक्ष आत्मसमर्णण गरेका हुन् ।

गत बिहीबार सामाजिक सञ्जालमा इस्लाममाथि भएको कुटपीटको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि दूतावासले पीडितलाई सर्म्पकमा आउन सार्वजनिक अनुरोध गरेको थियो ।

शनिबार र आइतबार बिदा परेपछि दूतावासले सोमबारबाट कारबाही प्रक्रिया अगाडि बढाएको हो । ४३ सेकेन्डको भिडियोमा मराऊले इस्लाममाथि सुरक्षागार्डले बोक्ने कालो रंगको मोटो लट्ठीले ७ पटक ढाड र खुट्टामा जोडले प्रहार गरेको देखिन्छ भने ६ पटक मुख र गालामा झापड लगाएको देखिन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.