×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

यूएईमा कोरोना संक्रमणबाट ३२ जना नेपालीको मृत्यु

२० श्रावण २०७७

योगेन्द्र योगी
२० साउन, दोहा ।

यूएईमा हालसम्म कोरोना भाइरसका कारण ३२ जना नेपाली श्रमिकको मृत्‍यु भएको छ । विगत ४ महिनाको अवधिमा यूएईमा मृत्यु भएका १ सय १ जना नेपाली ज्यान गएको छ भने जस मध्ये ३२ जनाको कोरोना सङ्क्रमणको कारणले ज्यान गएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

Advertisement
Advertisement

दूतावासका अनुसार यूएईमा कोरोना तथा अन्य कारणले मृत्‍यु भएकाहरु मध्ये ६१ जना नेपालीको शवको यूएईमै अन्तिम संस्कार गरिएको छ ।अहिलेसम्म विभिन्न चार्टर उडानमार्फत १६ जना नेपालीको शव नेपाली पठाईसकिएको तथा बाँकी १६ जनाको शव नेपाल पठाउने तयारीमा रहेको दूतावासले जनाएको छ ।

यस्तै, कोरोना लगायत अन्य विभिन्न कारणले यूएईबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये हालसम्म १० हजार भन्दा बढी नेपाली नागरिकहरू स्वदेश फर्किसकेको दूतावासले जनाएको छ ।

यूएईबाट नेपाल एयरलाइन्सले अगष्ट ६(आज) र ८ मा उडान गर्ने तय भएको छ भने हिमालय एयरलाइन्सले अगष्ट ५ मा  उडान गर्ने तय भएको दूतावासले जनाएको छ ।

यस्तै, एयर अरेबियाले अगष्ट ६ र ७ मा, शारजहा तथा फ्लाई दुबईले आजै दुबईबाट उडान गर्ने छ । त्यस्तै इतिहाद एयरलाइन्सले अगष्ट ८ मा अबुधाबी विमानस्थलबाट उडान गर्ने तय भएको दूतावासले जनाएको छ ।

यूएईमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ६१ हजार १६३ जना पुगेको छ। उपचारपछि निको भएर घर फर्किनेको संख्या ५४ हजार ८६३ जना पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ३५१ जना पुगेको छ ।

Advertisement

यूएईले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । यूएईमा के कति नेपाली श्रमिक कोरोनाबाट संक्रमित छन् भन्ने दूतावाससंग पनि तथ्याङ्क छैन । कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top