स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छोडे

२० साउन ७७, मंगलबार

२० साउन, एजेन्सी ।
स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने त्यहाँको राजदरबारले घोषणा गरेको छ।

Advertisement

केही हप्ताअघि उनी भ्रष्टाचारसम्बन्धी मुद्दामा जोडिएका थिए। ८२ वर्षका कार्लोसले उक्त घोषणा आफ्ना छोरा फेलीपे षष्टमलाई लेखेको पत्र मार्फत गरेको बताइएको छ। अभियोजनकर्ताहरूले आफूसँग सोधपुछ गर्न चाहेको खण्डमा आफू उपलब्ध हुने उनले बताएका छन्।

साउदी अरेबियामा एउटा हाइ–स्पीड रेलको ठेक्काका विषयमा कार्लोसको कथित संलग्नताबारे गत जुन महिनामा स्पेनको सर्वोच्च अदालतले अनुसन्धान अघि बढाएको थियो। पूर्व राजाले स्पेन कहिले छाड्ने छन् वा उनी त्यसपछि कहाँ बस्नेछन् भन्ने विषय स्पष्ट भएको छैन।

Advertisement

बीबीसीका युरोप संवाददाता नीक बीकका अनुसार कुशलतापूर्वक स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म डोर्‍याएका कार्लोसका लागि यो अपमानजनक बहिर्गमन हो। करिब ४० वर्ष राज गरेपछि कार्लोसले सन् २०१४ मा गद्दी त्यागेका थिए।

आफ्ना ज्वाईँ मुछिएको भ्रष्टाचारसम्बन्धी अनुसन्धान र स्पेनमा आर्थिक मन्दीका बेला विवादास्पद हात्ती सिकार यात्रापछि उनले गद्दी त्यागेका थिए। सन् २०१४ मा गद्दी त्याग गरेपछि ख्वान कार्लोसको साउदी अरेबियास्थित परियोजनामा संलग्नता स्थापित गर्ने आफूहरूको उद्देश्य रहेको स्पेनको सर्वोच्च अदालतले बताएको छ।

Advertisement

स्पेनको एउटा कम्पनीले मक्का(मदिना रेल निर्माणका लागि ६।७ अर्ब युरो बराबरको ठेक्का पाएको थियो। अनुसन्धानमा स्विस व्याङ्कहरू पनि सामेल छन्। स्पेनका भ्रष्टाचारसम्बन्धी मामिला हेर्ने अधिकारीहरूले पूर्व राजाले स्विट्जर्ल्यान्डमा अघोषित धन राखेको हुन सक्ने शङ्का गरेका छन्। यस विषयमा अनुसन्धान जारी छ।

स्पेनको सरकारले न्याय सबैका लागि समान रहेको बताएको छ र उसले सोधपुछमा हस्तक्षेप नगर्ने जनाएको छ।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top