बालगृहलाई बुझाएको शिशु बेवारिसे अवस्थामा भेटिएको भन्दै झुठो प्रचार

बालगृहलाई बुझाएको शिशु बेवारिसे अवस्थामा भेटिएको भन्दै झुठो प्रचार

२० साउन, काठमाडौं । साउन १३ गते कपनमा साँझ बेवारिसे अवस्थामा शिशु भेटिएको भन्ने घटनामा महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार शिशु बेवारिसे नभएको पाइएको छ ।

खाडी मुलुकबाट हालै उद्धार गरेकी एक महिलाले त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी हुन् । विदेशमा बलात्कृत भएका कारण उनले शिशुलाई आफूसँग राख्न सकिनन् र केयर बालगृहको जिम्मा लगाएकी थिइन् । संस्थाकी सञ्चालक पुष्पाले प्रहरीमा बेवारिसे बच्चा भेटिएको भन्दै निवेदन दिइन् र सहयोग लिन थालेकी थिइन् ।

त्यो देखेपछि शिशुकी आमा आफैं बालगृह पुगिन् र बच्चा आफूलाई नै दिन माग गरेकी थिइन् । प्रहरीले आमाको दाबी स्वीकार गरेको छ र बच्चा उनलाई जिम्मा लगाएको छ ।

केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले १२ गते साँझ बेवारिसे अवस्थामा शिशु भेटिएको भन्दै प्रहरी र सञ्चारकर्मीहरुलाई खबर गरेकी थिइन् । त्यो खबर सार्वजनिक भएपछि देश–विदेशबाट सहयोग पनि आउन थाल्यो ।

सामाजिक सञ्जालमा पनि त्यो शिशुको तस्बिर भाइरल भयो । तर शिशु बेवारिसे नभएको पाइएपछि बालगृहकी सञ्चालिका पुष्पा विवादमा तानिएकी छन् । उनीमाथि पैसा उठाउन झुटो प्रचार गरेको आरोप लागेको छ ।

संस्थालाई चन्दा उठाउने उद्देश्य हो कि भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले स्रोतले बताएको छ । यसका लागि प्रहरीले संस्थासँग सम्बन्धित व्यक्तिको बैंक विवरण मगाएको छ । तर पुष्पाले भने आफूलाई पछि अफ्ठ्यारो नपरोस् भनेर बेवारिसे बच्चा फेला परेको भनेको बयान दिएकी छन् ।

घटनामा क बस्को मिलेमतो थियो कि थिएन भन्ने अनुसन्धान भइरहेको र अहिले बाहिर विभिन्न कुराहरू आए पनि अनुसन्धान सकिएपछिमात्रै घटना बारे भन्ने प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.