सुनको मूल्य १ लाख नजिक, प्रतितोला ९९ हजार ८ सय कायम

२० साउन, काठमाडौं । सुनको मूल्य आज अहिलेसम्मकै उच्च प्रतितोला ९९ हजार ८ सय रुपैयाँ पुगेको छ ।

आज तोलामा २ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रिँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ महँगो हुँदै गएको महासङ्घले जनाएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि नै सुनको भाउ बढ्न थालेको थियो ।

Advertisement

नेपालमा लकडाउनअघि चैत १० गते तोलाको ७७ हजारमा कारोबार भएको सुनको भाउ लकडाउन खुकुलो भएपछि बजार खुलेको पहिलो दिन जेठ २५ गते तोलामा १० हजार ४ सय बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता उकालो लागेको सुनको भाउले रेकर्ड बनाउँदै गएको छ ।

नयाँ रेकर्ड बनाउँदै असार अन्तिममा तोलाको ९२ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो । साउन लागेपछि थोरै घटबढ भएको सुनको भाउ गएको ७ गतेदेखि भने दिनदिनै नयाँ रेकर्ड बनाउने क्रममा छ ।

Advertisement

यही क्रममा हिजो स्थिर रहेको सुनको भाउ आज दुई सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो तोलाको ९९ हजार ८ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ भने आज पनि स्थिर छ । चाँदी आज पनि प्रतितोला १२ सय ३० रुपैयाँमा नै कायम छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top