Nepal Times
Nepal Times
3
Shares

नेता नेपालसँग चिनियाँ राजदूतकाे शिष्टाचार भेट

नेता नेपालसँग चिनियाँ राजदूतकाे शिष्टाचार भेट

काठमाडौँ, १० वैशाख  ः नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टाचार भेटवार्ता गरेका छन् ।

नेता नेपालको निवास कोटेश्वरमा आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए।

नेता नेपालले नेपालको विकासमा चीन सरकारले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि त्यस्तो सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गरेका थिए ।

नेपालको आर्थिक विकास र समृद्धिको पक्षमा चीन सरकारको सहयोग महत्वपूर्ण रहेको भन्दै पूर्व प्रधानमन्त्री नेपालले केरुङदेखि काठमाडौँसम्मको रेलमार्ग आफूहरुको प्रमुख प्राथमिकतामा रहेको बताएका थिए ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.