×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

निलेश सखियाः भारतमा फिल्म निर्माता, नेपालमा सुन तस्कर

२१ श्रावण २०७७

२१ साउन, काठमाडौँ ।
सुन तस्करीको अभियोगमा पक्राउ परेका भारतीय नागरिक निलेश सखिया भारतीय फिल्म ‘पेनाल्टी’ का निर्माता रहेको खुलेको छ ।

हाल महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका उनले निर्माण गरेको फुटबल खेलाडीको कथामा आधारित सो फिल्म सन् २०१९ जुलाई १९ मा भारतमा रिलिज भएको थियो ।

Advertisement
Advertisement

क्षमतावान् एक फुटबल खेलाडीलाई क्षेत्रीय र नश्लीय विभेदका कारण कसरी पछि पारिन्छ भन्ने कथा फिल्ममा छ ।
चलचित्रलाई शुभम सिंहले निर्देशन गरेका हुन् भने केके मेनन, लुक्रम इस्माइल, शशांक अरोरालगायतका कलाकारले अभिनय गरेका छन् ।

सुनले लेपन गरिएको साढे १५ केजी चाँदी, करिब ७ सय ५० ग्राम सुन र दुई थान पेस्तोल महानगरीय प्रहरी वृत्त दरबारमार्गका घुमुवा प्रहरी बहादुरसिंह कठायत र प्रसन्न श्रेष्ठलाई साउन १३ गते बिहान सुन्धारामा बुझाएर उनीसहितको समूह भागेको थियो ।

काठमाडौंबाट खटिएको महानगरीय अपराध महाशाखा र पूर्वी नवलपरासी प्रहरीको संयुक्त टोलीले घटनाको भोलिपल्टै दुम्कीबासबाट सखिया, देवानसिंह पटेल र विजय पटेललाई पक्राउ गर्‍यो । बाराका इल्ताफ हुसेन अन्सारी र सञ्जय पटेल फरार छन् ।

काठमाडौं ल्याइएका सखियाले बयानका क्रममा आफूले बनाएको फिल्म घाटामा गएपछि गलत धन्दामा लागेको स्वीकार गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । उनले बरामद सुनचाँदी र हतियार आफ्नो नभई फरार रहेका सञ्जय र इल्ताफको भएको दाबी गरेका छन् ।

तर स्रोत बरामद सुनचाँदी सखिया र उनका पार्टनर सञ्जयकै भएको र काठमाडौंमा सुनले लेपन गरिएको धातु वीरगन्ज हुँदै भारत पठाउने जिम्मा इल्ताफले लिएको बताउँछ ।

सखिया र फरार रहेका सञ्जय असार २९ मा काठमाडौं आएका थिए । पहिलेदेखि नै तस्करीको धन्दा चलाउन उनीहरूले राजधानीको कमलपोखरी अपार्टमेन्टमा फ्ल्याट भाडामा लिएर बसेका थिए । फ्ल्याटको भाडा सखियाले ६० प्रतिशत र सञ्जयले ४० प्रतिशत तिर्थे ।

फ्ल्याटमा इल्ताफ, लाजिम्पाटमा गरगहना सरसफाइ पसल सञ्चालन गर्दै आएका कौशल पटेल र उनका दाजु देवानसिंह पटेल पनि बारम्बार जाने गर्थे । सूचना चुहिन सक्ने भन्दै सखियाले गुजरातबाट विजय पटेललाई भान्सेका रूपमा ल्याएका थिए ।

फ्ल्याटमै आउजाउ गर्ने कौशलले पछिल्लो पटक तस्करीबाट भारत लैजान लागिएको सुनचाँदी लुटेर भागबन्डा लगाउने उद्देश्यले घुमुवा कठायत र श्रेष्ठलाई सुराकी दिएपछि घटना बाहिरिएको हो ।

इल्ताफको बा६च ५५१९ नम्बरको स्कार्पियो जिप वीरगन्ज जाने क्रममा सुन्धारामै घुमुवाको फन्दामा परेपछि सुनचाँदीको झोला दिएर सखियासहित इल्ताफ र सञ्जय भागेका थिए । गाडी ललितपुरको नखिपोटस्थित निर्माणाधीन घरबाट बरामद भएको छ ।

फरार इल्ताफ नेपालमा जाली नोट कारोबारमा पक्राउ परेर कैद भुक्तान गरी चार वर्षअघि छुटेका व्यक्ति हुन् । सञ्जयको पृष्ठभूमि अझै यकिन भइसकेको छैन । पहेँलो धातुले लेपन गरेर सक्कली सुन भन्दै गुजरातमा लगेर बिक्री गर्ने योजनामा सखिया र सञ्जय रहेको स्रोतको भनाइ छ ।

Advertisement

चाँदीमा लेपन लगाउने काम न्युरोडका कालिगड मनीष मल्लिकले गरेको खुलिसकेको छ । मनीषसमेत पक्राउ गरे पनि अदालतले उनलाई म्याद थप्न मानेन । अहिले सखिया, विजय पटेल, कौशल पटेल, देवानसिंह पटेल, दुई घुमुवा प्रहरी र उनीहरूका सहयोगी उमेश श्रेष्ठ प्रहरी हिरासतमा छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top