प्रदेश २ मा एकपछि अर्को जिल्लामा निषेधाज्ञा

२१ साउन, महोत्तरी ।
लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण जोखिम झनै बढेको छ।

लकडाउन हटेको साउन ७ गतेयता हालसम्म ७८१ नयाँ सङ्क्रमित थपिएका छन् । साउन ६ गतेसम्म कूल सङ्क्रमित रहेका चार हजार २६४ सङ्ख्या आज पाँच हजार ४५ पुगेको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

प्रदेशमा हालसम्म यो व्याधिले १९ जनाको ज्यान लिइसकेको छ। साउन ७ गतेयता सङ्क्रमण झन् बढेपछि प्रदेश नं २ मा एकपछि अर्को जिल्ला र नगरमा खुला आवागमन रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्दैछन्।

Advertisement

प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सोमबार मध्यरातदेखि नै सात दिनको निषेधाज्ञा लागू छ। त्यसैगरी वीरगञ्ज महानगरमा मात्र रहेको निषेधाज्ञालाई पर्सा जिल्ला प्रशासन कार्यालयले मङ्गलबारदेखि जिल्लाभरमै लागू गरेको छ।

पूर्वको सप्तरी जिल्लाको राजविराज र महोत्तरीको जलेश्वर नगरमा तीन दिनपूर्व नै निषेधाज्ञा जारी छ भने सर्लाही जिल्ला प्रशासनले आजदेखि लागू हुने गरी सात दिनको निषेधाज्ञा आदेश जारी गरेको छ।

Advertisement

लकडाउन हटेसँगै सबैतिर भीडभाड बढेको, शारीरिक (भौतिक दूरी) को ख्याल नगरिएको, मास्क नलगाई हिँडडुल गर्ने क्रम बढेको र भारतसँगको खुलासीमाबाट दोहोरो आवतजावत निकै बढेपछि महामारी सङ्क्रमण र थप जोखिम बढेको विज्ञ बताउँछन् ।

प्रदेशमा लकडाउन हटेयता महोत्तरी, पर्सा, सप्तरी र धनुषा बढी सङ्क्रमण जोखिममा देखिएका छन्। यसैबीच प्रदेश नं २ सरकारले कोभिड–१९ सङ्क्रमण बढ्न नदिन आवश्यकतानुसार प्रभावित जिल्ला र त्यसभित्रका खास क्षेत्रमा लकडाउन लगाउने, भारतसँगको सीमाक्षेत्रमा आवागमन कडाइ गर्ने, पिसीआर जाँच बढाउने र उपचार प्रबन्ध व्यवस्थित गर्न स्वास्थ्य उपकरण बढाउने रणनीति तय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए।

यस क्रममा प्रादेशिक अस्पतालमा पिसीआर मेशिन थप गर्ने, प्रदेशका अस्पतालमा थप ५० भेन्टिलेटर बढाउने र ५०० श्ययाको आइसोलेसन अस्पताल थप्ने निर्णय गरिएको मन्त्री यादवको भनाइ छ । अब पिसीआर जाँच बढाउँदै दैनिक एक हजार स्वाब परीक्षण गरिने गरी प्रादेशिक अस्पतालको क्षमता पु¥याइने मन्त्री यादवले बताए।

प्रदेशमा सबैभन्दा बढी रौतहटमा हालसम्म एक हजार २५९ मा सङ्क्रमण पुष्टि भएको छ । यद्यपि लकडाउन हटेयता त्यहाँ सङ्क्रमण दर घटेको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए।

रौतहटमा लकडाउन हटेयता पाँच जनामात्र सङ्क्रमित बढेका छन् । पछिल्लोपटक लकडाउन हटेको साउन ७ देखि २० गतेबीचको १४ दिनमा पर्सा जिल्लाको सङ्क्रमण निकै बढेको छ । त्यहाँ यस अवधिमै ३९८ नयाँ सङ्क्रमित थपिएका छन् ।

त्यसैगरी यसै अवधिमा सप्तरीमा १३६, धनुषामा १२७ र महोत्तरीमा ८७ नयाँ सङक्रमित थपिएको मन्त्रालयको अभिलेखले देखाएको छ । तथ्याङ्कानुसार अहिलेसम्म महोत्तरीमा ८३८, धनुषामा ७४१, सर्लाहीमा ७१२, पर्सामा ५७५, सप्तरीमा ५२२, सिरहामा २१५ र बारामा १७८ सङ्क्रमण पुष्टि भएको छ ।

लकडाउन हटेयताको अवधिमा कम सङ्क्रमण देखिएका जिल्लामा रौतहटका अतिरिक्त सर्लाही, सिरहा र बारा छन् । यस अवधिमा सर्लाहीमा पाँच, सिरहामा आठ र बारामा १५ मा सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशभित्र हालसम्म ९मङ्गलबारसम्म० ६२ हजार २८८ जनाको स्वाब परीक्षण गरिएको छ । यसमा ५४ हजार ७०५ को जाँच नतिजा नेगेटिभ छ । प्रयोगशालाबाट नतिजा आउन बाँकी दुई हजार ५३८ छन् । प्रदेशमा उपचारपछि निको भएर घर फर्कनेको सङ्ख्या तीन हजार २११ पुुगेको छ । अहिले दुई हजार २३७ आइसोलेसन श्यया छन् ।

यिनमा ६८० जनाको उपचार हुँदैछ । तीमध्ये ३६१ गम्भीर प्रकृतिका रहेका जनाइएको छ । लकडाउन अवधिमै पनि प्रदेशमा सुरक्षा सतर्कता अत्यन्त कमजोर स्थितिमा रहेको र पछिल्लो चरणमा लकडाउन हटेपछि झनै जताततै भीडभाड बढेको छ ।

सीमाक्षेत्रमा दोहोरो आउजाउ बढेको र हिँडडुलमा लापरवाही बढेपछि सङ्क्रमण जोखिम बढेको स्वास्थ्यकर्मी बताउँछन्। खासमा शारीरिक  दूरीको निर्वाह नगरिँदा, मास्कको प्रयोग नहुँदा, बजारहाटमा भीडभाड बढ्दै जाँदा र सीमाक्षेत्र वारपारको बाक्लो ओहोरदोहोर बढ्दा सङ्क्रमण जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top