शिवसताक्षी नगरपालिकाभित्र लाग्दै आएको हाट बजार बन्द

२१ साउन, झापा । शिवसताक्षी नगरपालिकाले नगरभित्र साप्ताहिक रुपमा लाग्दै आएको हाट बजार बन्द गरेको छ ।

कोरोना नियन्त्रण तथा राहत व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले लकडाउन खुकुलो भएपछि साप्ताहिक रुपमा लाग्दै आएको बजार बुधबारदेखि बन्द गर्ने निर्णय गरेको हो।

जिल्लाका विर्तामोड र अर्जुनधारा नगरपालिकामा स्थानीय पालिकाले लकडाउन गरेपछि त्यसको प्रभाव शिवसताक्षी नगरका बजारमा समेत परेको हो। शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले सातामा लाग्ने बजार भदौ २ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको बताए ।

Advertisement

समितिको निर्णयलाई अटेर गरेर जबरजस्ती गरे संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने उनले बताए । सो ऐनमा १ महिना कारागार वा १ सय रुपैँया जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

नगरका झिलझिले बजार सोमबार, दुधे बिहीबार, माईधार मंगलबार, शिवगञ्ज आइतबारका दिन बजार लाग्दै आएको थियो। साप्ताहिक बजार बन्द भएपनि स्थायी पसल भने खुल्ला हुने छन्।

Advertisement

यस्तै नगरका धार्मिक तथा पर्यटकीय स्थलमा पनि स्थानीय प्रशासनले कडाइ गर्ने भएको छ। दोमुखा र सताक्षीधाममा सर्वसाधरणको आवत जावत बढेको भन्दै ईलाका प्रहरी कार्यालय झिलझिलेले त्यसलाई रोक्ने भएको छ।

दोमुखा र सताक्षीधाममा लकडाउन गरिएका पालिकाका स्थानीय बासिन्दाको आउने जाने क्रम बढेपछि प्रशासनले निगरानी बढाउने भएको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top