प्रदेश १ की ९० वर्षीया बृद्धाले जितिन् कोरोना

२१ साउन, विराटनगर ।
बढी उमेर समूहका बृद्ध बुद्धामा कोरोनाको संक्रमणको सम्भावना बढी रहने र यसको असरसमेत गम्भिर रहने बताइएपनि नेपालमा पहिलो पटक बढी उमेरका कोरोना संक्रमित एक ९० वर्षीया वृद्धा कोरोनामुक्त भएर डिस्चार्ज भएकी छिन् ।

Advertisement

प्रदेश १ को कोभिड अस्पतालको आइसोलेसनमा उपचाररत ९० वर्षीया संक्रमित बृद्धा बुधबार निको भएर घर फर्किएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । उनीसहित बुधबार ५७ जना डिस्चार्ज भएका छन् ।

Advertisement

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरबाट डिस्चार्ज भएकाहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास लगायतले विदाई गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top