वीरगञ्ज कारागारका जेलरसहित २९ जनामा कोरोना संक्रमण पुष्टि

२१ साउन ७७, बिहीबार

२१ साउन, वीरगञ्ज ।
वीरगञ्ज कारागारमा बुधबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कारागार कार्यालयका प्रमुख श्रवण पोखरेलसहित २९ जनामा कोरोना देखिएको वीरगञ्ज कारागार कार्यालयले जानकारी दिएको छ ।

साउन १८ गते संक्रमित भेटिएकाहरुसँगको सम्पर्क भएका १ सय १८ जनाको स्वाब परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको हो । कार्यालय प्रमुखसहित २ जना कर्मचारी, ३ जना नेपाली सेना र २४ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कार्यालय प्रमुख पोखरेलले भने, ‘कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वाबको नमुना दिएका थियौं मसहित २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आफू आइसोलेसनमा बस्नुका साथै कारागारका कैदीबन्दीलाई पनि आइसोलेसनमा राख्न प्रबन्ध मिलाउँदैछु ।’

Advertisement

वीरगञ्ज कारागारमा १ हजार २ सय ५० जना भन्दा बढी कैदीबन्दी छन् । यसअघि २२ वटा स्वाब नमुना परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । १ महिला कैदीसहित ८ जना कैदीबन्दी, नेपाल प्रहरी तर्फका ३ जना सुरक्षाकर्मी र २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कारागार परिसरमा कैदी र कर्मचारीका लागि बेग्ला बेग्लै आइसोलेसन कक्षमा राखिएको छ । स्वास्थ्यकर्मीबाट नियमित निगरानी र उपचार चलिरहेको छ । १ जना महिला बन्दीका लागि भने कारागारभित्र नै अलग कक्षको ब्यवस्था गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top