धरानमा परिवार नै कोरोना पोजिटिभ, समूहमा संक्रमण फैलियो

२१ साउन ७७, बिहीबार

२२ साउन, धरान ।
धरानमा एकै परिवारका पाँच जनासहित १३ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

धरान उपमहानगरपालिका–३ गौधारा बस्ने एकै परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार उक्त परिवारका ७ वर्षीय बालकसहित ८५ वर्षीय र ४० वर्षीय पुरुष तथा ८० वर्षीया महिला र ३६ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।

बाँकी ८ जना संक्रमितमध्ये धरान ११ बस्ने दुई महिला, भारतबाट आएर धरान १७ स्थित एन्फा क्वारेन्टाइनमा बसेका ५ जना भारतीय गोर्खा सैनिक र धरानको तरकारी बजारस्थित एक पुरुष छन् ।

Advertisement

भारतबाट आएर क्वारेन्टाइनमा बसेका धरान १७ का २८ र २६ वर्षीय २ जना पुरुष, वडा नम्बर १५ का ३४ वर्षीय पुरुष, वडा नम्बर ११ का ३५ वर्षीय पुरुष र वडा नम्बर १९ का एक पुरुष छन् । वडा १९ का पुरुषको यसअघि साउन १६ गते नै स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनबाट घर गएका थिए ।

तर उनका साथीहरुको रिपोर्ट पोजिटिभ आएपछि क्वारेन्टाइनमा नै बसेको र दोस्रो पटकका रिपोर्ट पोजेटिभ आएको मेहताले बताए । उनीहरु सबै भारतीय सेनामा कार्यरत हुन् । धरानमा ‘ट्र्राभल हिस्ट्री’ नभएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएकाले समूहमा संक्रमण (क्लस्टर अफ केसेज) देखिएको चिकित्सकहरुले बताएका छन् ।

Advertisement

बीपी प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डाक्टर संजीव शर्माले समूहमा संक्रमण फैलिएकाले सबैले सतर्कता अपाउनुपर्ने बताए । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नागरिकको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले मास्कको अनिवार्य प्रयोग र भीडभाड नगर्न आग्रह गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top