अख्तियार आयोगका थप २२ जनामा कोरोना

२२ साउन, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालले कर्मचारीलाई कोरोना परीक्षण गराएर मात्रै कार्यालय आउन निर्देशन दिएको छ ।

Advertisement

अख्तियार स्रोतका अनुसार एक जना चालकसहित २२ प्रहरीलाई कोरोना पोजिटिभ देखिएको हो। २२ जनालाई कोरोना संक्रमण देखिएपछि आयोगले कर्मचारीलाई परीक्षण गराएरमात्र कार्यालय आउन निर्देशन दिएको हो।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले झण्डै तीन सय कर्मचारीको कोरोना परीक्षण गर्न बाँकी रहेको बताए।

Advertisement

प्रवक्ता अधिकारीका अनुसार अहिलेसम्म अख्तियारमा खटिएका एक सय ८२ जनाको परीक्षण भएको छ। अन्य कर्मचारीहरूको परीक्षण गर्ने तयारी भइरहेको छ।

अख्तियारका आयुक्तहरूको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top