कामदार मागपत्रको प्रमाणीकरण नेपाली नियोगबाट मात्रै हुने

१० बैशाख ७५, मंगलबार

११ वैशाख, विराटनगर  ःसरकारले वैदेशिक राेजगारीमा जाने कामदारकाे मागपत्र प्रमाणिकरणकाे  अधिकार अब नेपाली दुताबासलार्इ मात्र दिने तयारी गरेकाे छ । श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारीमा जाने कामदारको मागपत्र तथा रोजगार करारनामा प्रमाणीकरण सम्बन्धित देशको नेपाली दूतावास तथा नियोगबाट मात्र गर्ने गरी वैदेशिक राेजगार नियमावली संसाेधनकाे तयारी गरेका छन् ।

मन्त्रालयले नियमावली संशोधनका लागि कानुन मन्त्रालयसँग राय लिइकसकेकोे छ । अब यस्तो व्यवस्थासहितको नियमावली मन्त्रिपरिषद बैठकले केही दिनमै पारित गर्नेछ ।

अहिले मागपत्र प्रमाणीकरण कामदारको आउने देशका चेम्बर अफ कमर्स र नोटरी पब्लिकबाट हुँदै आएको छ । यो व्यवस्थाले ठग एजेन्ट, रोजगारदाता र म्यानपावर व्यवसायीहरुलाई सरकारको आँखा छल्न सजिलो अवस्था छ ।

Advertisement

नेपाली नियोगबाट प्रमाणीकरण नहुँदा कामदार ठगिने, अनुगमन गर्न नसकिने समस्या छ । सँगै सरकारले उठाउन सक्ने राजस्व पनि गुमिरहेको छ ।

यसअघि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पनि सरकारलाई मागपत्रको प्रमाणीकरण दूताबवासबाट मात्र गराउन निर्देशन दिए पनि सरकारले त्यसलाई बेवास्ता गर्दै आएको थियो ।

अहिले म्यानपावर कम्पनी र रोजगारदाताले ल्याउने मागपत्रको प्रमाणीकरण सम्बन्धित देशका स्थानीय चेम्बर अफ कमर्स वा नोटरी पब्लिकले पनि गर्दै आएका छन् । दूतावासहरुमा प्रमाणीकरण गराउन पुग्नेको संख्या न्युन छ ।

ती देशको म्यानपावरको एजेन्टले गर्ने चलखेलका आधारमा नै नक्कली मागपत्र बनाएर त्यहाँको चेम्बर र नोटरी पब्लिकबाट प्रमाणीकरण गर्ने काम हुँदै आएको छ । कम्पनीले दिनेभन्दा बढीको सेवासुविधा राखेर मागपत्र प्रमाणीकरण गर्दा कामदार ठगिने समस्या बढिरहेको छ ।

यस्ता मागपत्रको विश्वसनीयताना पटक–पटक प्रश्न उब्जिएको छ । प्रमाणीकरण गर्दा लाग्ने शुल्क पनि सरकारको खातामा आउन सकेको छैन । तिनै दिेका निजी क्षेत्र मोटाइरहेका छन् ।

मागपत्रको प्रमाणीकरण जथाभावी गराउँदा सरकार र रोजगारदाताको सम्वाद पनि पूर्ण रुपमा टुट्ने अवस्था आएको छ ।

नयाँ व्यवस्थापछि कम्पनी र कामदार लैजाने एजेन्ट स्वयम् दूतावासमा आउनुपर्ने भएकाले कामदारलाई दुःख दिने रोजगारदातामाथि सरकारले मागपत्र प्रमाणीकरण रोकेर दबाव सिर्जना गर्न सक्ने रोजगार मन्त्रालयका एक उच्च अधिकारी बताए ।

टेकबहादुर गुरुङ श्रममन्त्री भएका समयमा दूतावासबाट मात्र हुने मागपत्र प्रमाणीकरणको जिम्मा ती देशका निजी क्षेत्रलाई दिइएको थियो । यो निर्णय गर्दा गुरुङमाथि आर्थिक चलखेल गरेको आरोप परराष्ट्र मन्त्रालयका कर्मचरीले लगाएका थिए ।

श्रम तथा रोजगार मन्त्रालयको यो निर्णयमा त्यतिबेलै औपचारिक रुपमै परराष्ट्र मन्त्रालयले आपत्ति जनाएको थियो ।

तत्कालीन श्रममन्त्री गुरुङले दूतावासबाट मागपत्र प्रमाणीकरण गर्दा लामो समय लाग्ने गरेको तर्क गर्दै वैदेशिक रोजगार ऐन २०६४ बमोजिम स्थानीय चेम्बर अफ कमर्स वा नोटरी पब्लिकलाई प्रमाणीकरणमा लगाइएको बताएका थिए ।

सो समयमा मुख्यसचिव लीलामणि पौड्याल पनि गुरुङको यो निर्णयको विपक्षमा थिए । विदेशका निजी क्षेत्रलाई मागपत्र प्रमाणीकरण जिम्मा दिँदा सरकार र कामदार दुवैको हित नहुने धारणा ततकालीन सांसदहरुले पनि राखेका थिए ।

संसदीय समितिले निर्णय उल्ट्याउन र मागपत्र प्रमाणीकरण गर्दा संलग्न हुने कर्मचारीले स्वीकृत वा अस्वीकृत भनी निश्चित समयसीमा भित्रै स्पष्ट रुपमा उल्लेख गर्न सरकारलाई निर्देशन दिएको थियो । तर, अहिलेसम्म पनि सोही निर्णयका आधारमा काम भइरहेको छ ।

जथाभावी मागपत्र प्रमाणीकरण गराउँदा कामदारले विदेशमा न्युनतम् सेवा सुविधा नै नपाउने अवस्था छ । दूतावासको हातबाट प्रमाणीकरण खोसिएपछि बीमा, बासस्थान, सुरक्षा लगायतका सवालमा कामदारमाथि शोषण हुँदै आएको छ ।

मागपत्रलाई वैज्ञानिक, कामदारमैत्री बनाउन दूतावासबाट प्रमाणीकरण गर्न मानवअधिकारकर्मीहरुले पनि माग गर्दै आएका छन् । पदबाहली भएलगत्तै सबैखालका सिन्डिकेट तोड्ने उद्घोष गरेका श्रममन्त्री बिष्टले कामदारको समस्यामा पूर्ण रुपमा नियोगहरुलाई जिम्मेवार बनाउनका लागि यो निर्णय लिन लागेका हुन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top