×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

जानकी दिवस मनाइँदै

११ बैशाख २०७५

बर्दिवास, ११ वैशाख  महोत्तरीसहितका मिथिला क्षेत्रमा आज जानकी नवमी उत्सव मनाइँदै छ ।

वैशाख शुक्ल नवमीका दिन त्रेता युगमा राजा जनकले हलो जोत्दा धर्तीबाट जानकी(सियोबाट उत्पति भएकाले सीता नामकरण) उत्पति भएको विश्वासमा मिथिलामा यस दिनलाई जानकी नवमी पर्वका रुपमा मनाइन्छ ।

Advertisement
Advertisement

पर्वका अवसरमा मटिहानीस्थित लक्ष्मीनारायण मठमा आज बिहानैदेखि जानकी जन्म उत्सव मनाइँदै छ । नेपाल र भारतका साधु, सन्त र सर्वसाधारण मठको जानकी महोत्सवमा सहभागी छन् । लक्ष्मीनारायण मठ मुलुकभरकै मठमध्येको मुख्य मठ र यहाँका महन्थ ‘मानमहन्थ’ भनिन्छन् ।

मिथिला, जानकी, जनकनन्दिनी, किशोरीजीसहितका नामले पुकारिने विदेहराज जनक (शिरध्वज) की पुत्री सीता राजा जनकले हलो जोत्दा तत्कालीन मिथिला क्षेत्रको पुनौरा (हाल भारतको सीतामढी जिल्ला) भन्ने ठाउँमा आजकै दिन हलोको टुँडोले उप्काएको माटाबाट उत्पति भएको विश्वास गरिन्छ । आफ्नो विद्वता, सहनशीलता र स्वधर्म निर्वाहले आदर्श नारी सीता मुलुककै गौरव भएकीले मिथिलामा मात्र नभई मुलुकभर नै यो पर्व मनाइनुपर्ने मठका उत्तराधिकारी रवीन्द्रदास वैष्णव बताउँछन् ।

मिथिला (विदेह) मा अनिकाल पर्दा राजा जनकले हलो जोते पानी पर्छ भन्ने विद्वत मत आएपछि जनकले आफ्नो राज्यभर हलो जोत्न शुरु गर्दा पुनौरामा सीता उत्पति भएकी मानिन्छ । जानकीले माइती मात्र नभएर आफ्नो घर (भारतको तत्कालीन अवध, जसको राजधानी अयोध्या मानिन्छ) को गौरवसमेत बढाएर आदर्श नारी बनेकी थिइन् ।

Advertisement

जानकी नवमी पर्वमा धार्मिक प्रवचन, रामायण वाचन, सीता जन्मसम्बन्धी लघुनाटक प्रदर्शन र रात्रिकीर्तनका कार्यक्रम मिथिला क्षेत्रका मन्दिर, मठ र धार्मिकस्थलमा आयोजन गरिएका छन् । प्रदेश सरकारले जानकी नवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेपछि पर्व सबैको सहभागितामा उल्लासमय वातावरणमा मनाउन सहज भएको यस क्षेत्रका सर्वसाधारण बताउँछन् ।
रासस

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top