Nepal Times
Nepal Times
3
Shares

गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह

गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह

काठमाडौँ, ११ वैशाख  ः नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानलाई संस्थागत गर्न सबै दल मिल्नुपर्ने बताएका छन् ।

रत्नराज्य माविको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाण्डाैंमा आयोजित कार्यक्रममा उनले संघीय गणतन्त्रात्मक र समावेशी संविधानलाई संस्थागत गर्ने बाटामा सत्तामा बसेका र विपक्षी दल एक जुट भएर लाग्नुपर्नेमा जोड दिए ।

सांसद सिंहले रत्नराज्य विद्यालय नमूना विद्यालयका रुपमा अगाडि बढिरहेको बताउँदै अझै गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गरे। सो अवसरमा उक्त विद्यालयमा पढेर मुलुकका उच्च ओहदामा पुगेका व्यक्तिलाई सम्मान गरिएको थियो ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.