अहमदाबादमा कोरोना अस्पतालको सघन कक्षमा आगलागी, ८ जनाको मृत्यु

२२ साउन ७७, बिहीबार

२२ साउन, नयाँ दिल्ली ।
पश्चिमी भारतीय शहर अहमदाबादको एक अस्पतालको सीसीयूमा आगलागी हुँदा ८ जना बिरामीको मृत्यु भएको छ ।

Advertisement

एक जना स्वास्थ्यकर्मीको पीपीइमा ‘शर्ट सर्किट’पछि आगो समातेपछि सघन कक्षमा आगलागि भएको बीबीसीले जनाएको छ । घटना बिहीबार बिहान तीन बजे भएको जनाईएको छ ।

वरिष्ठ अग्नी नियन्त्रक राजेश भट्टले भने–“पीपीइमा आगलागी भएपछि त्रसित स्वास्थ्यकर्मी सघन कक्षमा दौड्न थाले, परिणामस्वरुप सघन कक्षभरि आगलागी हुन पुग्यो ।”

Advertisement

करिब एक घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको उनले बताए । भट्टका अनुसार अस्पतालमा भर्ना भएका ४० जनलाई बिरामीलाई अन्यत्र सारिएको छ ।

अहमदाबाद प्रहरीले अस्पतालका निर्देशकलाई नियन्त्रणमा लिएर सोधपूछ जारी राखेको छ । अग्नी नियन्त्रकहरू कोभिड–१९ बिरामीको सम्पर्कमा आएकोले क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

Advertisement

घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top