बयलपाटा अस्पतालमा आकस्मिक बाहेकका अन्य सेवा बन्द

२३ साउन, अछाम । अछामको बयलपाटा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द भएका छन् ।

Advertisement

बयलपाटा अस्पताल साँफेबगरका एकजना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो ।

अर्को सूचना जारी नभएकासम्मका लागि सेवा बन्द गरिएको अस्पतालले सूचना निकालेर जानकारी दिएको छ ।

Advertisement

सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरकाअनुसार अस्पतालमा कार्यरत पुरुष स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top