कुवेतमा अबैध मदिरासहित एक नेपाली महिला पक्राउ

२४ साउन ७७, शनिबार

२४ साउन, कुवेत ।

Advertisement

कुवेतमा अबैध मदिरासहित एक नेपाली महिला पक्राउ परेकी छिन् । कुवेतको फिन्तास भन्ने ठाउँमा नेपालीहरुद्वारा संचालित घरेलु मदिरा उत्पादन केन्द्रमा कुवेत प्रहरीले छापा मारेको हो ।

कुवेत प्रहरीका अनुसार मदिरा भट्टी सन्चालन गर्ने एक महिलासहित नेपालीहरुलाई नियन्त्रणमा लिइएको छ । मदिरा बनाउन प्रयोग गरिने ड्रमहरु सहित उनीहरुलाई पक्राउ गरिएको आइमान माट अनलाइनले जनाएको छ ।

Advertisement

यसैगरी घरेलु मदिरासहित एक भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ। उनलाई ग्राहकलाई बेच्न भनेर लैजान तयारी अबस्थामा पार्क गरिएको कारमा ५०० बोतल मदिरासहित पक्राउ गरिएको हो।

कुवेतमा मदिराको कारोबार अबैधानिक मानिन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top