Nepal Times
Nepal Times
3
Shares

लकडाउनमा दिनहुँ विद्यालय जाने शिक्षकको कथा

लकडाउनमा दिनहुँ विद्यालय जाने शिक्षकको कथा

प्रकाश बन्जारा

२४ साउन, सुनसरी ।
कोरोना महामारीले देश मात्र नभएर सारा विश्वनै लकडाउन भएको बेला पनि सुनसरीको रामधुनीमा ३ शिक्षाकर्मी विद्यालय आइरहन्छन ।विद्यालयमा बिद्यार्थी भने छैनन् । सबैलाई सुन्दैमा अचम्म लाग्छ विद्यार्थी नभएको समयमा किन आए त शिक्षक ? यिनिहरुले कहिले सरसफाइ गरे कहिले विद्यालयको प्राङ्गणमा बिरुवा रोपे ,त कहिले के के कागजलाई टुक्राटुक्रा बनाएर बसे । मङलबार पनि यस्तै काममा ब्यस्त भेटिए शिक्षक मध्येका एक हरि रायमाझी । आफैले प्रिन्ट गरेको विभिन्न आकार प्रकारका सामाग्रीलाई टेपले बेरेर काट्दै भेटिएका हरिको एउटै मात्र इच्छा भनेको आफ्नो बिद्यालयलाई उत्कृष्ट नमुना विद्यालय बनाउने नै रहेछ ।

हरिले गोलो आकारमा कागज काटे र टेपले लेमिनेसन गरे । त्यत्तिकैमा अर्का हरिकै सहयात्री विनय दाहाल आइपुगे र त्यस्तै काम शुरु गरे । यी कागजका टुक्राले मात्र नमुना विद्यालय बनाउने भने होइन । उनीहरु आफ्ना विद्यार्थीलाई कसरी शिक्षण सिकाईमा सहज बनाउन सकिन्छ भनेर अहोरात्र खटिरहेका छन । हरि संगैको टिममा बिमल बराल पनि छन । बिमल भने यस विद्यालयका प्रधानाध्यापक रहेछन । उनीहरु दिनहुँजसो विद्यालय आउछन र साझ पर्नै लाग्दा घर फर्किन्छन। यिनिहरुले सेवा दिने विद्यालयको नाम आरम्भ विद्या मन्दिर हो ।

शिक्षालाई पैसामा कहिले दाज्न नहुने जिकिर गर्ने यिनिहरु यति कम शुल्कमा पनि अन्तर्राष्ट्रिय स्तरको शिक्षा यहि ठाउँमा सम्भव हुन्छ भनेर देखाउन भर्खरै ब्रीटिस काउन्सिलको इन्टरनेसनल स्कुल अवार्डका प्रोजेक्टहरु गर्न आफ्नो विद्यालयलाई छनौट गराउन सफल भएका रहेछन । अङ्ग्रेजी र नेपालीको पढाई तथा लेखाइलाई ठूला सहरका स्कुलहरु जस्तै बनाउन प्रख्यात लेखक डि. एन. मुखिया तथा लिट्रेसी क्लब काठमाडौ संग सहकार्य गराएको रहेछ । लकडाउन केही खुकुलो भएपछि नजिकैका बालबालिकालाई केही हद भएपनि पढाईमा ध्यानाकर्षण गर्नका निम्ति साबधानी अपनाउदै बोलाएर दैनिक २ घन्टा पठनपाठन समेत उनीहरुले गरे तर स्थानीय सरकारको अस्वीकृतिका कारण उनीहरुको गतिविधिले निरन्तरता पाउन सकेन ।अनलाइन कक्षा चलाउन पनि निकै जमर्काे गरे हरिले त्यो पनि प्रभाबकारि नहुने तथा सबै बालबालिकाको पहुँच नपुग्ने आवाज आएपछि पछि उनले हट्नुपरेको रहेछ । अध्यापनमा अति नै रुचि भएका कारण नगरपालिकाको शिक्षा समितिमा बेला बेलामा आवाज उठाएको कुरा पनि गर्छन हरि ।

कोरोनाले आफ्नो प्रभाव जमाउदै गर्दा यो विद्यालय आफ्नो नया र बालमैत्री भवनमा सर्न लागेको थियो । सानो ठाउँमा खुम्चिएको भवनलाइ ठूलो र राम्रो आकारमा बनाइएको छ । ६ जनाको राम्रो समूहले चलाउने जमर्काे गरेका रहेछन यो विद्यालयलाई ।

हुन त लगानी गर्नेहरुले नाफाको आशा गरेका हुन्छन । तर शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गर्नेले त्यति धेरै नाफाको आशा गर्न हुदैन । त्यसै भन्छन हरि पनि । एक पटक त आफ्नो साथीले ब्यबसायी भन्दा सामाजिक संजाल बाटै निकै ठूलो पीडा पोखेको अनुभव पनि सुनाए हरिले ।

नेपालमा २०२८ भन्दा यता निजि विद्यालयहरु खुल्न थालेका रहेछन र पछिल्लो समय फेसन जस्तै भएर च्याउ सरि खुलिए निजि विद्यालयहरु । कति विद्यालयहरु हुने खानेका बच्चा को लागि मात्र खुलेका जस्ता लाग्छन् किनकि सामान्य नागरिकले शुल्ककै कारण निजि विद्यालयमा आफ्ना बच्चा पढाउन सक्दैनन् । गुणस्तरको नाम दिइएपनि अभिभावकको क्षमता अनुसारको शुल्क निर्धारण गरेर समाजमा पनि योगदान दिन सकौ ।

यो शैक्षिकसत्र बाट कक्षा ६ सम्मको अध्यापन गराउने यो विद्यालय हरेक बर्ष १ कक्षा थप्दै लाने र माध्यमिक तहमा पुर्याउने तयारीमा रहेछ । २ सय १० जना विद्यार्थी भर्ना भएको आरम्भमा १२ जना शिक्षक र ३ जना अन्य कर्मचारी छन । विद्यालयले खेल मैदान सहित सम्पुर्ण संमचना मापदण्ड अनुसार बालमैत्री र अपांग मैत्री बनाएको रहेछ । आरम्भको अध्यापन शैलीबाट प्रभावित भएर आफ्नो बच्चा त्यही पढाउन चाहेको अधिकाश अभिभावकको भनाइ छ । विद्यालयले कक्षा १ भन्दा माथिका बालबालिकालाई अनिवार्य कम्प्युटर कक्षा, प्रयोगात्मक शिक्षण सिकाइ लगायतका कार्यक्रम गर्ने यी शिक्षाकर्मी बताउँछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.